Friday, April 17News That Matters

फेवातालमा जाल हान्ने क्रममा एसएलआर हतियार र १८ राउण्ड गोली बरामद

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्न जाल हान्ने क्रममा एसएलआर राइफल र १८ राउण्ड गोली बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार मिति २०८२।१०।२९ गते साँझ करिब ५ बजे स्थानीय ४२ वर्षीय कुमार जलारीले जालमा हतियार अड्किएको सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट टोली तुरुन्तै घटनास्थलतर्फ अगाडि बढी अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले मु वा १११ (बट) नम्बर तथा बडी नं. १३८१० लेखिएको एसएलआर हतियार १ थान र सोही हतियारमा लोड गरिएको १८ राउण्ड गोलीसहितको म्यागजिन १ थान बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बरामद हतियारको फोटो तथा विवरण प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले प्रेस नोटमार्फत सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस