Saturday, March 14News That Matters

महतगौंडाको जानकी माविमा मतदाताको राम्रो सहभागिता

यो समाचार शेयर गर्नुहोस्

पोखरा

महतगौंडास्थित जानकी माध्यमिक विद्यालय मा रहेका मतदान केन्द्रहरूमा उल्लेख्य मत खसेको छ।

मतदान अधिकृत जीवन पोडेल का अनुसार क केन्द्रमा कुल ७२८ मतदातामध्ये हालसम्म ४५१ मत खसेको छ। यस्तै ख केन्द्रमा ७५० मतदातामध्ये ४९७ मत खसेको छ भने ग केन्द्रमा ७८४ मतदातामध्ये ४९२ मत खसेको जानकारी दिएका छन्।

उनका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ भने मतदाताको सहभागिता पनि राम्रो देखिएको छ।

प्रतिकृया दिनुहोस