Tuesday, September 22News That Matters

नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति द्वारा उध्योग बाणिज्य सँघका पदाधिकारी लाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्


नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको आयोजनामा सोमवार ५ गते पोखरा उद्योग बाणिज्य सँघका नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
आयोजित कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उध्योग बाणिज्य सँघ नवनिर्वाचित अध्यक्ष शोभा गौतमले आफ्नै कार्यकालमा सँघको सदस्य सख्या ५ हजार पुर्याएरै छाड्ने वताएकि छन् । सोहि अवसरमा यसकालागि यहा हरुले उध्योग बाणिज्य सँघको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्वमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरि सहयोग र योगदान पुर्याएकोमा नेपाल राष्ट्रिय घर भाडा समितिलाई धन्यवाद सहित कृतज्ञता प्रकट गरेकि छन् । उनले सोहि अवसरमा ५ हजार सदस्य पुर्याउनका लागि सबको सहयोग अपरिहार्य रहेको वताउदै आफु कमाउन भन्दा पनि अग्रजले दिएको सर सल्लाह र सदस्य हरुको सहयोगमा कुनैपनि व्यवसायि लाइ उध्योग बाणिज्य म सगै छ भन्ने अनुभुती गराउने प्रतिबद्धता समेत जनाएकि छन्।

सँस्थाका अध्यक्ष कृष्ण प्रसाद चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निबर्तमान अध्यक्ष कमल प्रसाद न्यौपानेले स्वागत गर्दै संँस्थाको संक्षिप्त्त जानकारी गराउनुका साथै घर बहाल महासँघ का पुर्ब केन्द्रिय उपाध्यक्ष तथा सँस्थाका बरिस्ठ सल्लाहकार अधिबक्ता यामनाथ पौडेल ज्युले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
साथै ब्याबसायी तथा नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका सह कोषाध्यक्ष अमृत घिमिरे ज्युले आफ्नो जिज्ञासा समेत नबनिर्बाचित समिति समक्ष राख्नु भएको थियो।प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य सँघका नबनिर्बाचित अध्यक्ष अध्यक्ष शोभा गौतम ज्युले घरभाडा समिति सँग मिलेर काम गर्न आतुर रहेको कुरा जनाउदै हरेक पलमा मिलेर जाने समेत बताउनु भयो। कार्यक्रम समितिका महासचिव जगत मोहन गिरीले सँचालन गरेको सो कार्यक्रममा पोखरा उद्योग बाणिज्य सँघका सम्पूर्ण निर्वाचित कार्यसमितिको उपस्थिति रहेको थियो भने नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिका पदाधिकारी साथै सदस्य हरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस