Friday, October 2News That Matters

सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न फर्निचर तथा फर्निसिङका सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुटको अफर सार्वजनिक गरेको छ।

शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाटमा सञ्चालक दीपक कार्कीले अफरबारे जानकारी दिएका हुन्। २०७० असार २६ गतेदेखि सञ्चालनमा आएको सिटिजन फर्निचरले न्यूरोडमा मुख्य शोरुमसहित चारवटा आउटलेट सञ्चालन गर्दै आएको छ।

सिटिजनमा सोफा, दराज, अफिस तथा डाइनिङ टेबल, कुर्सी, पर्दा, कार्पेट, डोरमेटलगायत घर तथा कार्यालयका आवश्यक सामग्री उपलब्ध छन्। सञ्चालक कार्कीका अनुसार सोफाको मूल्य २० हजारदेखि ५ लाख रुपैयाँसम्म रहेको छ।

उनका अनुसार दसैँतिहार तथा छठ पर्वसम्म विभिन्न सामग्री खरिदमा छुट उपलब्ध हुनेछ। आफ्नै फ्याक्ट्रीबाट ग्राहकको मागअनुसार विभिन्न मोडलका सोफा तथा दराजसमेत तयार गर्न सकिने उनले बताए।

चाउथेको फ्याक्ट्री तथा न्यूरोडका शोरुममार्फत करिब २७० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको सिटिजनले जनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सिटिजन फर्निचरका अर्का सञ्चालक गुरुदत्त पौडेललगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस