
पोखरा
ए वान ग्रेटर नेपाल यातायात प्रालिले चौथो साधारणसभा सम्पन्न गरेको छ। । शुक्रबार पोखराको सिल्भर पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल यातायात व्यावसायि राष्ट्रिय महासँघका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले देसै भर छरिएर रहेका यातायात ब्यबसायी कम्पनी र सँस्थाहरुलाइ एकीकरण गर्नु पर्नेमा जोड दिदै , ट्याक्सीको सट्टा दर्ता कार्यलाइ सङ्केत गर्दै उनले भने ” एक दुई लाखमा नम्बर किनेर झोलामा हाल्ने अनि व्यावसायिलाई १७- १८ लाखमा बिक्रि गर्ने बिचौलियाको गिरोह र दलालको चक्करमा फस्न यातायात व्यावसायिहरु बाध्य भएको समेत उल्लेख गरे।

गुणस्तरीय सेवा दिन चाहना राख्दै राम्रो गाडी हाल्न चाहने लाइ बिरोध नगरौ बरु हामिले पनी राम्रो गाडी हालौ अध्यक्ष सिटौलाले भने ।
उद्घाटन सत्रमा मजदु्र नेता किरणबाबु पन्त , महासँघका सल्लाहकार बलराम सापकोटा , महासँघ प्रदेश सयोजक महेश थापा , ट्याक्सि तर्फका बर्गिए सयोजक प्रकाशमणी तिवारी , महासङका केन्द्रिय उपमाहासचिव भानुभक्त बराल , बरिस्ठ उपाध्यक्ष द्वय केदार पौडेल , ऐन कुमार साही , लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रालिका अध्यक्ष अर्नुन पौडेलले व्यवसायिका हक हित र सँरक्षणका लागि व्यवसायि कम्पनी सँस्था अलगअलग हुनु भन्दा एकताको बाटोमा लाग्नु पर्नेमा जोड दिदै आफु व्यवसायिक एकताका लागि कुनै पदको लोभ लालच नरहेको जनाउदै ,एकताका लागि जतिबेला पनि आफ्नो कम्पनी लाइ मर्ज गर्न तयार रहेको वताए।

कार्यक्रममा ४ सय सवारी स्वरोजगार चालक मध्य बर्ष भरी दुर्घटना दावी नलिएका १५ जना असल चालकलाइ नगद सहित सम्मान प्रदान गरिएको थियो भने,उत्कृष्ट असल चालक ,सर्बोत्कृस्ट ब्यबसायी र चार दशक बढी चालक सेवा गरेका स्वरोजगार चालकलाई लाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो ।

बन्दसत्रमा अध्यक्ष अर्जुन पौडेलको २०८२/८३ को कार्यप्रगती तथा २०८३/०८४ को प्रस्तावित कार्यक्रम , संचालक कोषाध्यक्ष मोहदत्त आचार्यले प्रस्तुत गरेको ०८२/०८३ को आर्थिक प्रगती तथा २०८३/०८४ को अनुमानित आय ब्यय विवरण , र ढाकामोहन एन्ड असोसियट फर्मले पेश गरेका लेखा परिक्षण प्रतिबेदन उपर छलफल गरि सर्बसम्मत रुपमा पारित गरिएको थियो। साधारणसभा कार्यक्रम प्रालिका अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा भएको थियो। ।
