Wednesday, March 11News That Matters

पोखरामा अटोल्याण्ड स्थापनाकालागि अन्तरक्रिया तथा छलफल कार्यक्रम

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा अटोल्याण्ड आवस्यकता, सँभावना र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा टेलिभिजनद्वारा आय‍ोजित अन्तरक्रिया कार्यक्रम पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अटो मेकानिकल एसोसियसनका का अध्यक्ष,महानगरका पुर्व प्रवक्ता तथा वडा नम्बर ५ का पुर्व अध्यक्ष, नेपाल स्वतन्त्र मजदुर सगठनका अध्यक्ष, यातायात कार्यालय सवारी प्रमुख लगायत अटो व्यवशायि नागरिक समाज सचारकर्मि , परिवर्तनका लागि हामि अभियानका अभियानकर्मि लगायत विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको कार्यक्रममा अटोल्याण्ड आवस्यकता सम्भावना र चुनौति बारेमा सबैले आ आफ्ना धारणा राखेका थिए।

जसमा मेयर आचार्यले अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उठेका प्रस्न जिज्ञासा लाई सम्बोधन पोखरा लाइ सफा सुन्दर साच्चिकै पोखरा बनाउन सबैको सहयोग को आवस्यकता रहेको जनाउदै यसका लागि आफुले सबैखाले प्रयासको थालनि गरेको वताए। आफुले छिटैनै पोखरामा अटोल्याण्ड स्थापनाका लागि सबै पक्ष सग हातेमालो गर्दै अघि बढ्ने बताउदै छिटोभन्दा छिटो जग्गा प्राप्तिका लागि सबैखाले प्रयास गर्ने प्रतिवद्दता जनाए। पोखरा टेलिभिजन द्वारा आयोजित कार्यक्रम अटो मेकानिकल एसोसिएसन, मिडिया पाटनर तालवाराहि साप्ताहिक सहितको सहकार्यमा गरिए थियो ।

प्रतिकृया दिनुहोस

2 Comments

  • I am extremely inspired with your writing skills as well as with the layout for your blog. Is this a paid theme or did you modify it your self? Anyway stay up the excellent high quality writing, it’s uncommon to see a nice weblog like this one today. !

Leave a Reply

Your email address will not be published. Required fields are marked *