Saturday, November 8News That Matters

पहिलो पाइला नेपाल पोखरा शाखाको नया कदम

यो समाचार शेयर गर्नुहोस्

पोखरा

झट्ट हेर्दा चिया स्टल जस्तो देखिने लेकसाइडमा  चिया पिउनु होस्  स्वैच्छिक दान दिनुहोस्  भन्दै  केही भर्खरका युवा युवति  दुई हातले नमस्कार गर्दै  आउछन् जहाँ स्टल छेउमै एउटा दान पेटिका राखिएको हुन्छ । अत्यन्तै नौलो लाग्ने वेनर सहित  तपाइको चियापान बालबालिका लाइ न्यानोपन भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै पहिलो पाइला नेपाल पोखरा शाखाले पोखराको लेकसाइडमा चियापान स्वैच्छिक दान चिया स्टल राखेको छ। यो स्टल आज चार दिनमा समापन गरेको वताउदै अन्य ठाउमा समेत यसैगरि आफ्नो  कार्यलाइ निरन्तरता दिदै जानेसस्थाका अध्यक्ष विकास जङ कुवरले वताए  ।

पोखराका विभिन्न ठाउमा यसरिनै चिया स्टल राख्न लागिएको अभियान बाट जम्मा भएको रकम बाट ग्रामिण क्षेत्र  दुर दराज मा रहेका अति विपन्न बाल बालिका लाइ  न्यानो कपडा बाड्ने उदेश्य सहित यसो गर्न लागिएको पहिलो पाइला नेपाल पोखरा  शाखाका सदस्य कृष्ण गिरिले वताए।   पहिलो पाइला नेपालका अध्यक्ष कुवरका अनुसार आफुहरुले धादिङ तनहु स्याङ्जा वाग्लुङ कास्की लगायत बिभिन्न जिल्लाका  विपन्न  बालबालिका लाइ सहयोग गरेको र आगामी दिनमा पनि यसैगरि आर्थिक स्रोत जुटाएर विपन्न बालबालिका लाई झोला कपि किताब कलम लगायत न्यानो कपडा बाड्दै जाने आफुहरुको उदेस्य रहेको वताए।  पहिलो पाइला नेपालको केन्द्रिय कार्यालय काठमाडौमा रहेको सस्थाको बिभिन जिल्लामा शाखा रहेकोमा  कास्की शाखामा भने करिव ७५  जना सदस्य  रहेको अध्यक्ष कुवरले वताए।

प्रतिकृया दिनुहोस