पोखरा



हेटौंडामा हुन लागेको अन्तर नगरपालिका स्तरीय राष्ट्रिय हक्की प्रतियोगितामा सहभागिता हुन पोखरा महानगरपालिकाको टिम हेटौंडा प्रस्थान गरेको छ ।

बिहिबारबाट हुने प्रतियोगिताका लागि पोखरा महानगरपालिकाको ९ सदस्यीय टोली हेटौंडा प्रस्थान गरेको हो । पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलाडीहरुलाई विदाई गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारलगायतको टोलीले उनीहरुलाई विदाइ गरेको हो । अशिम बहिकको कप्तानीमा रहेको टोलीमा हेमन पाइजा, गगन बहादुर केसी, कुशल नेपाली, विशाल कुँवर, प्रकाश सुनार, मोहन मगर, जोशन राई र सैलेश गुरुङ रहेका छन् । यस्तै टिम प्रशिक्षकमा हित कुमार गुरुङ रहेका छन् । हेटौंडामा बिहिबारदेखी शनिबारसम्म हेटौंडा कप अन्तर नगरपालिका स्तरीय राष्ट्रिय हक्की प्रतियोगिताको आयोजना हुँदैछ ।





















