
पोखरा पोखरामा बुधबार विना अनुमती ड्रोन उडाएपछि चिनीयाँ नागरिक पक्राउ परेका छन् । पोखरा १ टुडिँखेल मैदानमा ड्रोन उडाउँदै गरेका २५ वर्षिय चेन देङ सेङलाई प्रहरीले पक्राउ गरेको हो ।
विना अनुमती ड्रोन उडाई भिडियो बनाई रहेको अवस्थामा फेला पारी ड्रोन सहित नियन्त्रणमा लिई नेपाल नागरिक उड्यन प्राधिकरण पोखरा पठाएको कास्की प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस