Friday, September 11News That Matters

श्रीमतीको घाँटी थिचि हत्या गरेको अभियोगमा रत्नबहादुर पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरामा आफ्नै श्रीमतीलाई तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई प्रकाउ गरेको हो । 

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नै २९ वर्षीय श्रीमती रेखा घर्तिलाई घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । प्रहरीले नौबिसे चोक बस्दै आएका रत्नबहादुर विश्वराज पौडेलको तोरी बारीको कान्लामा श्रीमतीको घाटी थिचेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । 

श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ परेका रत्नबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस