पोखरा, १२ पुस
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले आयोजना पोखरा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई प्रथामिकता दिदै महोत्सव शुरु भएको हो ।
महोत्वको पोखराका मयेर धनराज आचार्यले उद्घाटन गरे । रेवानाले २५ औ वर्ष प्रबेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मानीत भए ।

‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी पोखराको लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु डान्स, मयूर डान्स लगाएत विभिन्न प्रदेशका सास्कृतीक कार्यक्रमहरुले महोत्सव आउनेहरुलाई मनोरञ्जन दिने महोत्सव संयोजक विश्वराज पौडेले बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्टी प्रदर्शन सहितका कार्यक्रमको रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १२ गते देखि १६ सम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने रेवान पोखराको दावी छ ।
लेकसाइड दुलहि घर झै सिगारीएको छ भने सडकमा खानाका परिकारहरु खान पाइन्छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा विगत २५ बर्ष अघिाबाट सुरु भएको हो ।