Friday, March 28News That Matters

सूर्यदर्शन सहकारी ठगीमा संलग्न थप एक पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा कास्की प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ४ नालाकोमुखमा संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका एक पदाधिकारी पक्राउ परेका हुन् ।

सहकारीले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी आधारमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष रहेका ३८ वर्षिय कैलाश कुमार दर्लामी रहेका छन् । तर, सूर्यदशन सहकारीसँग जोडिएका केहि व्यक्तिलाई भने प्रहरीले नै भगाउन सहयोग गरेको आरोप छ । यस अघि प्रहरीले रेड नोटिस जारी गरेका नेकपा एमालेका नेता समेत रहेका महेन्द्र भोटेलाई कास्की प्रहरी प्रमुखले भगाएको आरोप छ । भोटे र एसपिलाई एकै होटलमा देखिएको सिसिटिभि फुटेज बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस