Friday, March 28News That Matters

अन्तरबार्ता

मौसम छिनाल: स्मरण शक्तिको जादूगर

मौसम छिनाल: स्मरण शक्तिको जादूगर

अन्तरबार्ता, ताजा समाचार, भिडियो
मौसम छिनाल नेपालका एक प्रमुख मेमोरी मास्टर ट्रेनर हुन्, जसले स्मरण शक्ति सुधार र मेमोरी प्रशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।मौसम छिनालको जन्म वि.सं. २०५३ कार्तिक २४ गते पोखरामा भएको थियो। उनका बुबा मणिराज छिनाल र आमा शान्तिदेवी छिनाल हुन्। सानैदेखि उनी अन्य बालबालिकाभन्दा फरक स्वभावका थिए र नयाँ कुरा सिक्नमा विशेष रुचि राख्थे। विद्यालयमा पनि उनका नतिजाहरू सधैं उत्कृष्ट रहन्थे। फिजिकल ट्रेनिङ्ग दिदै मौसम छीनाल पोखराको अमरसिंह चोकमा हरेक वर्ष आयोजित महोत्सवमा एउटा स्टलमा रहेको मेमोरी इम्प्रूभमेन्ट पुस्तकले उनलाई अत्यन्त आकर्षित गर्‍यो। यस पुस्तकले उनलाई घोक्नबाहेक अन्य स्मरण गर्ने तरिकाहरू पनि हुन्छन् भन्ने बोध गरायो। त्यसपछि उनले मेमोरी टेक्निक्स सम्बन्धी विभिन्न पुस्तकहरू खोजी अध्ययन गर्न थाले। उनले साइबर क्याफेहरूमा गएर इन्टरनेटबाट हजारौं वर्षअघिका स्मरणकलाका टेक्निक्सह...