
सर्खार परिवर्तन पछी सेयर बजारमा उछाल
सर्खार परिवर्तन पछी सेयर बजारमा उछालपोखरा ,
सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार
सेयर कारोबार मापक नेप्से परिसुचक ५४.०४ अंकले बढेको छ । बुधबार २.३३ प्रतिशतले बढेको सेयर बजार २३६४.६३ विन्दुमा रोकिएको हो । कुल २०४ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर छ ।
सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार
नेप्सेका अनुसार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बडी निर्जीवन बिमा ३८२.४१ अंकले बढ्यो भने सबैभन्दा कम म्युचअल फन्ड शून्य दशमलव शून्य एक अंकले बढ्यो । ट्रेडिङ उपसमुह २२९.०७ अकंले बढ्यो ।
...