Saturday, April 18News That Matters

मनोरन्जन

पोखरा महोत्सवमा दर्शकको भिड

पोखरा महोत्सवमा दर्शकको भिड

ताजा समाचार, मनोरन्जन, मुख्य समाचर
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक लगाइ तस्विर खिचाउनेको भीड लागेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको पाँचौ दिन सोमबारमात्रै ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने महोत्सवमा १ करोड १५ लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । महोत्सवमा सोमबार देखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता समेत सुरु भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा बेसलाईन एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ । बेसलाईन एकेडेमीले बाल मन्दिर मावि, अमरसिंह एन र कालिका माविलाई पछाडि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । महोत्सवमा सोमबार लोकदोहोरी ...
रत्नश्री जिम पोखरा वनभोज तथा सन्मान कार्यक्रम

रत्नश्री जिम पोखरा वनभोज तथा सन्मान कार्यक्रम

ताजा समाचार, मनोरन्जन
रत्न श्री जिम द्वारा आयोजित वनभोज  तथा  बधाई तथा सन्मान कार्यक्रम आज पोखरा २६ मा सम्पन्न भएको छ।   आयोजित बनभोज तथा सन्मान कार्यक्रममा रत्नश्री जिम शान्ति नगर चोक  प्रमुख तथा प्रशिक्षक कमल भण्डारि साथै  रत्नश्री जिम सेन्टर लेकसाइडका सुरेस लामा, र  सुमित सेन सन्मानित हुनु भएको छ। रत्नश्री जिम पोखरा प्रमुख शङ्करमान उदास ज्यु को आतिथ्यमा  गरिएको आयोजित  कार्यक्रममा  रत्नश्री जिम सेन्टर  शान्तिनगर चोक  प्रमुख तथा प्रशिक्षक भण्डारि,  लामा ,साथै सेनलाई  प्रमुख उदासले बधाई  दिनुका साथै मायाको चिनो सहित  सन्मान गर्नु भएको थियो।  कार्यक्रममा बोल्दै प्रमुख उदासले पोखरामा जिम अभ्यास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै यसरी विभिन्न विधामा  बिभिन्न मेडल प्राप्त गर्न सफल भएकोमा  बधाई दिदै  यसले सिङ्गो पोखराको समेत गरिमा लाइ बढाएको महशुस ...
बाह्राँै पोखरा महोत्सवलाई आदर्श समाजको साथ

बाह्राँै पोखरा महोत्सवलाई आदर्श समाजको साथ

जन संदेश, ताजा समाचार, मनोरन्जन
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ । आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा रही ...
बाह्रौँ पोखरा महोत्सवको तयारी तीब्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

बाह्रौँ पोखरा महोत्सवको तयारी तीब्र, पुष ८ देखि स्टल बुकिङ खुल्ला

ताजा समाचार, मनोरन्जन
पोखरा बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ । महोत्सवलाई थप आकर्षण बनाउनका लागी सम्पूर्ण संयोजक र सल्लाहकारुबीच बृहत छलफल समेत गरेको छ । सो अवसरमा बाह्रौँ पोखरा महोत्सवका सल्लाहकारहरु दिपक थापा, लिलाधर अधिकारी, सुनिल गुरुङ, तीर्थलाल श्रेष्ठ, सन्तोष सिग्देल, तोरण बानियाँ, पवित्रादेवी गुरुङ, तेज बहादुर गुरुङ, जस बहादुर गुरुङ लगायतले आ आफ्नो धारणा...
१९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

१९ औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

ताजा समाचार, मनोरन्जन
लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि साम...