महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक
काठमाण्डौ १२ फागुनमहेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनीक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गते देखि रिलिज मिती तोक्दै चलचित्र खजुरे ब्रोको फस्ट लुक्स पोस्टर सार्वजनीक गरीएको हो । चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजीक संजाल फेसवुकमा पोस्टर पोस्ट गर्दै उत्साहीत भएको बताएका छन् ।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ता अघि मात्रै धरानमा सकिएको थियो ।
नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।
चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्...









