Saturday, April 18News That Matters

मुख्य समाचर

परिवर्तन युवा क्लबद्वारा दोस्रो ‘त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२’ आयोजना गर्दै

परिवर्तन युवा क्लबद्वारा दोस्रो ‘त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२’ आयोजना गर्दै

ताजा समाचार, मुख्य समाचर
पोखरा परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा एशियन कन्क्रिटो प्रस्तुत दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता २०८२आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तथा उद्देश्यबारे जानकारी दिन क्लबले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो। युवा क्लबका अध्यक्ष श्री सुदिप बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सन्चालन सचिव श्री दक्षिणा बरालले गर्नुभएको थियो भने उपाध्यक्ष श्री सरस्वती बरालले स्वागत मन्तव्य राख्नुभयो भने सह-सचिव श्री प्रेरणा ढकालले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा मिक्स मार्शल आर्ट्स एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्दोष विक्रम पौडेलको विशेष उपस्थिति रहेको थियो। “समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिता यही फागुन ७ देखि ९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित ...
पर्वतका उम्मेदवार तिमिल्सिनाले पत्रकार भेटघाटमार्फत विकास र जनअपेक्षाका योजना प्रस्तुत गरे

पर्वतका उम्मेदवार तिमिल्सिनाले पत्रकार भेटघाटमार्फत विकास र जनअपेक्षाका योजना प्रस्तुत गरे

ताजा समाचार, मुख्य समाचर
पोखरा । प्रतिनिधि सभा सदस्य उम्मेदवार मनहरि तिमिल्सिनाले आफ्नो राजनीतिक दृष्टिकोण तथा पर्वत जिल्लाको विकाससम्बन्धी प्रतिबद्धताबारे प्रारम्भिक धारणा सार्वजनिक गरेका छन्। पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उम्मेदवार तिमिल्सिनाले आफ्ना ‘प्रतिबद्धता’बारे धारणा राख्दै पर्वतको समग्र विकास, सुशासन, रोजगारी र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन्। कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय कमिटी सदस्य सन्देश श्रेष्ठले पर्वतको विकासका आधारशिला तथा पूर्वाधार निर्माणमा तिमिल्सिनाले प्रभावकारी भूमिका खेलेको उल्लेख गर्दै यस्ता उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे। अन्तरक्रियाका क्रममा राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय अनुभव राखेका व्यक्तित्व मनहरि तिमिल्सिनाले आफ्नो अनुभवबारे जानकारी गराए। तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयो...
पोखरामा माघ ९ देखि NCELL छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपको तयारी पूरा

पोखरामा माघ ९ देखि NCELL छैटौँ टाइगर कप भलिबल च्याम्पियनसिपको तयारी पूरा

ताजा समाचार, मुख्य समाचर
पोखरा टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा NCELL छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। नेपाल भलिबल संघको स्वीकृति तथा संयोजनमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन्। यसपटक विदेशी टिमको सहभागिता प्रतियोगिताको विशेष आकर्षण रहनेछ। महिला तर्फ थाईल्याण्ड क्विन्स् र पुरुष तर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब र थाईल्याण्ड क्विन्स् सहभागी हुनेछन् भने पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभ...
फ्रीडम ट्रेनिङ्ग सेन्टरमा उद्घोषण तथा भाषणकला तालिम

फ्रीडम ट्रेनिङ्ग सेन्टरमा उद्घोषण तथा भाषणकला तालिम

ताजा समाचार, मुख्य समाचर
पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिएका २१ जना बिद्यालय स्तरिय बालबालिकाहरुको सहभागिता रहेको तालिमका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले जानकारी दिए। जाडो बिदाको बेलामा बिद्यालय बिदा हुने हुँदा त्यो समयको उपयोग गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको सञ्चालक पहारीले उल्लेख गरे। तालिम लिने बिद्यार्थीहरु पोखरा बजार क्षेत्रका चर्चित बिद्यालयका बिद्यार्थीहरु हुन् । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा तालिम पश्चातको अनुभव र बिभिन्न अवार्डले सम्मान समेत गरिएको थियो । २ चरणमा भएको समापन कार्यक्रममा पहिलो चरणमा प्रशिक्षार्थी बिद्यार्थीहरुले नै कार्यक्रम तालिका बनाएर कुशलता पुर्वक कार्यक्रम सञ्चालन गरेका थ...
२८औँ भूकम्प दिवसका अवसरमा सुरक्षा कृत्रिम घटना अभ्यास सम्पन्न

२८औँ भूकम्प दिवसका अवसरमा सुरक्षा कृत्रिम घटना अभ्यास सम्पन्न

ताजा समाचार, मुख्य समाचर
पोखरा पोखरा महानगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको संयुक्त आयोजनामा भूकम्प सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमोल्सन ) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल माघ २ गते बिहान ८:३० बजे पोखरा महानगरपालिका–५, मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो। अभ्यासमा सम्भावित भूकम्पपछिको खोज तथा उद्धार, घाइतेको प्राथमिक उपचार, राहत वितरण र सम्बन्धित निकायबीचको समन्वय अभ्यास प्रदर्शन गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। वक्ताहरूले भूकम्पजस्ता प्राकृतिक विपद् न्यूनी...
दोस्रो त्रिभुवन स्मृति कप २०८२ को अवसरमा पोखरा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्ने

दोस्रो त्रिभुवन स्मृति कप २०८२ को अवसरमा पोखरा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्ने

ताजा समाचार, मुख्य समाचर
पोखरा, परिवर्तन युवा क्लब, पोखरा–२२ ठुलिबिडीको आयोजनामा दोस्रो फाइभ–ए–साइड त्रिभुवन स्मृति कप २०८२ आगामी फागुन महिनामा पोखरा–२२ स्थित सिम्लेपाखा खेलमैदानमा आयोजना हुने भएको छ। स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा आयोजना हुँदै आएको उक्त प्रतियोगिताको अवसरमा यस वर्ष खेलकुदसँगै स्वास्थ्य सचेतनालाई जोड्दै सर्वसाधारणलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। पोखरा अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा रक्तचाप र रगतमा चिनी जाँच, ECG सहित हृदय परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा साना उपचार सेवा उपलब्ध गराइनेछ। यसैगरी, परिवर्तन युवा क्लब र पोखरा अस्पतालबीच भएको सहकार्यअनुसार प्रतियोगिताको अवसरमा स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। वृद्ध, अशक्त तथा अपाङ्ग व्यक्तिहरू, अप्रेशन तथा चिरफ...
१४औँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा, पौष २९ देखि माघ ११ सम्म सञ्चालन

१४औँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा, पौष २९ देखि माघ ११ सम्म सञ्चालन

ताजा समाचार, मुख्य समाचर
पोखरा १४औँ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। अमरसिंह माध्यमिक विद्यालयको विशाल खेलमैदानमा आगामी पौष २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवबारे जानकारी दिँदै युनाइटेड क्लबका प्रचार–प्रसार संयोजक दिनेश सुनारले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। “युवाको जाँगर, राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित २०६७ सालमा स्थापना भएको युनाइटेड क्लबले विगत १३ वर्षदेखि निरन्तर पोखरा महोत्सव आयोजना गर्दै आएको छ। क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै १४औँ संस्करणसम्म आइपुगेको सुनारले जानकारी दिए। पोखरा महोत्सवबाट संकलित आम्दानीमार्फत पोखरा र आसपासका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको बताउँदै उनले स्वास्थ्यतर्फ दुर्गम तथा ग्रामीण भेगका नागरिकलाई लक्षित गरी नि...
कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा मनाइने

कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा मनाइने

ताजा समाचार, मुख्य समाचर
पौष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा शोभायात्रा, माल्यार्पण र बौद्धिक चर्चा पोखरा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कास्की जिल्लामा भव्य रूपमा मनाइने भएको छ। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, कास्कीले यही २०८२ साल पौष २७ गते विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी पूरा गरेको छ। समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल राष्ट्रका निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा शोभायात्रा, माल्यार्पण तथा बौद्धिक चर्चा कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष आदरणीय गुरु वलभद्रनाथ योगीजी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रम अनुसार पौष २७ गते आइतबार अपरान्ह ११ बजे कास्की जिल्लाभित्रका सामाजि...
लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका अनुसार लागू औषध ब्राउन सुगरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। २०८२ पुसको २४ गते करिब ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ९ क्षेत्रमा लागू औषधको बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नयाँबजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरामा बस्दै आएका २७ वर्षीय संजय यादवलाई पक्राउ गरेको जनाएको छ। खानतलासी गर्दा उनको साथबाट कालो प्लास्टिकमा पोको पारी राखिएको ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्ति...
वडा नम्बर ३३ का अध्यक्ष अधिकारीमाथि ल्यान्डफिल साइट विरोधीलाई खुकुरी देखाएर तर्साएको आरोप

वडा नम्बर ३३ का अध्यक्ष अधिकारीमाथि ल्यान्डफिल साइट विरोधीलाई खुकुरी देखाएर तर्साएको आरोप

ताजा समाचार, मुख्य समाचर
पोखरा शुक्रबार लामो समय देखी विवादित पोखराको ३३ पुडिटार फोहोर प्रशोधन केन्द्र( ल्याण्डफिल साइड ) निर्माण गर्ने महानगर पालिकाको निर्णय विरुद्ध स्थानीय वासि विरोधमा उत्रिएका छन्। ल्याण्डफिल साइड निर्माण गर्न नदिने अडान लिदै आइरहेका स्थानिय माथि आक्र‍ोस पोख्दै पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णय विरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आइरहेका थिए।बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको महानगर पालिकाले अटेरी गरेको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय ३३ अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो विरोध तथा घेराउ कार्यक्र...