भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न ‘मिडिया कप फुटसल’, सम्पूर्ण तयारी पूरा
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बारे जानकारी दिने उद्देश्यले आज पोखरामा प्रेस मिट आयोजना गरिएको छ।
प्रेस मिटमा खेलको उद्देश्यबारे जानकारी दिँदै आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्ने जानकारी दिए। प्रतियोगिता तयारीका क्रममा क्रियाशील पत्रकारहरूको हितलाई प्राथमिकता दिइए पनि हाल उद्देश्य परिवर्तन भएको उनको भनाइ छ।
त्यस्तै, पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै श्रेष्ठले प्रदेशका टिमलाई पोखरामा स्वागत गर्न आतुर रहेको बताए।
‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बना...









