Tuesday, April 21News That Matters

पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वर्कसप सञ्चालक प्रकाउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा २२ फागुन
पोखरामा बाइकको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
गएको भदौ २५ गतेदेखि पोखरामा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारवाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय कास्कीले ६ महिनापछि ८ वटा वर्कसपका सञ्चालकलाई प्रकाउ गरेको हो ।
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ वटा वर्कसपका सञ्चालकहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।


मोटरसाइकलको स्वरुप परिवर्तन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ सृजनाचोक स्थित ३६० मोटरर्सका सञ्चालक सुशिल भुजेल, पोखरा कस्टुर्सका सञ्चालक सागर झाक्री, बुम इनफिल्ड सर्भिस सेन्टरका सञ्चालक मोहम्मद रुस्तम, रोयल इनफिल्ड शोरुमका सञ्चालक सुकबहादुर गुरुङ रहेका छन् ।

यस्तै प्रहरीले पोखरा–१६ लामाचौर स्थित चौधरी मोटरसाइकल वर्कसपका सञ्चालक महेन्द्र चौधरी, क्लासिक मोटरसाइकलका सञ्चालक विनोद विक र दीपम वर्कसपका सञ्चालक सन्दिप भगतलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले पछिल्लो ६ महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो निकाल्ने ६८१ मोटरसाइकललाई कारवाही गर्दै ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस