Tuesday, February 10News That Matters

ट्राफिक लाइट सञ्चालनमा नआउनुमा द‍ोषि को

यो समाचार शेयर गर्नुहोस्

पोखरा /बिहीबार २४ /

पोखरामा ट्राफिक लाइट किन सञ्चालनमा आएन भन्ने कुरा अझै पनि गर्भकै बिषय बनेको छ। पोखराको मुख्य अति व्यस्त चोक पृथ्वी चोकमा ट्राफिक लाइट राख्ने वहानामा चौतर्फी सडक खनिएको छ।

यतिका समय हुदा पनि न त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। न त खनिएको सडकमा कालोपत्रे गरिएको छ। ट्राफिक लाइट हाइमास्ट लाइट त बनाइयो। तर सडकमा चाहिने अन्य पुर्वाधार जेब्राक्रस सडक लेन नभएकै कारण ट्राफिक लाइट सञ्चालनमा गरेपनि बाधा पुग्ने कास्की ट्राफिक प्रहरि प्रमुख भानु शर्मा वताउछन्। यसो त पोखराको मुख्य चोक पृथ्वीचोक मात्रै हैन अन्य महेन्द्र पुल , सभागृह चोक, सृजना चोक ,जिरो किमि चोक को समेत यहि अवस्था छ। यसरी आजसम्म ट्राफिक लाइट सञ्चालनमा नआउनुमा मुख्य दोषि को भन्ने प्रस्न उठ्न थालेको छ।

महानगर पालिका डिभिजन सडक कार्यालय वा यश सग सम्वन्धित निकाय मौन रहने आम नागरिकको नजरमा ट्राफिक प्रहरी मात्रै द‍ोषि देखिने अवस्था देखिन्छ। तर वास्तविक जिम्मेवारी कसको कुन निकायलाई जिम्मेवारी दिइएको हो । तत् तत् कार्यालय महानगर प्रमुख धनराज आचार्य को समेत ध्यान जानू पर्ने देखिन्छ।

महानगर प्रमुख आचार्यले पोखरा लाई पर्यकिय राजधानी बनाउने घोषणा गरेपनि आम नगरवासि पोखराका सडकको अवस्था सडकवत्ति, ट्राफिक लाइट सडक सरचना लाई देख्दा भने पर्यटकिय राजधानी बन्नेमा त्यति विश्वस्त देखिदैनन् । स्वभाव अडिग देखिने तर जुनसुकै निर्णय पनि हतारमा गर्ने उद्घाघाटन हतारमा गर्ने ,बोलिहाल्ने आचार्यको स्वभावले गर्दा महानगर प्रमुख आचार्य यतिबेला नगरवासि बाट आलोचित हुनु परेका समाचार नआएका पनि हैनन्। यसो त समग्रमा भन्र्नु पर्दा मेयर आचार्य मात्रै दोषि छैनन् । तिन तहको सरकार पनि दोषि छ भन्ने कुरा यहाँ देखिएका अलपत्र विकास निर्माणका कामले पनि स्पष्ट सङ्केत गरेको छ।

फेरिपनि पोखराका सडक, ट्राफिक लाइट ,फुटपाथ ,फोहोर व्यवस्थापन ,सडकवत्ति , स्ट्रिट फर्निचर , धुवा धुलो रहित महानगर नहुदा सम्म पर्यटकिय राजधानी घोषणा गर्नुले फेरि पुर्णता पाउदैन कि? कतै मेयर आचार्य फेरि आलोचित हुनु पर्ने हो कि भन्ने शङ्का गर्नु पर्ने ठाउँ भने प्रसस्तै देखिन्छ ।

प्रतिकृया दिनुहोस