पोखरा शुक्रबार ९/ नेपाली काङ्ग्रेस निकट लोकतन्त्र वादि आदिवासी जनजाति महासघको प्रथम अधिवेशन यहि चैत्र १० गते प्रदेस राजधानी पोखराको सभागृहमा हुने भएको छ।
प्रमुख अतिथि नेपाली काङग्रेस उपसभापति एवम् पुर्व रक्षामन्त्रि तथा उपप्रधानमन्त्रि माननीय पुर्ण वहादुर खड्का ज्यु द्वारा उद्घाटन हुने कार्यक्रम रहेको पत्रकार भेटघाट कार्यक्रम मार्फत वताईएको छ।
पोखराको चिप्ले ढुङ्गाबाट शनिबार बिहान ११ बजे झाकि र्यालि सहित न्युरोड हुदै सभागृहमा अधिवेसन भेला हुनेछ।
प्रथम अधिवेशन कार्यक्रममा महासघ अन्तर्गतका भातृ तथा शुभेच्छुक सस्थाका पदाधिकारी प्रतिनिधि तथा सदस्य साथै पाटिका विभिन्न तहमा जिम्मेवार व्यक्त्त्व हरुको समेत उपस्थिति रहने पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ।
अधिवेशन सम्पन्न गर्नका लागि महासघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सयोजक रेनुका काउचाको सयोजकत्वमा १०१ सदस्यिय गण्डकी प्रदेस मुल आयोजक समिति साथै विभिन्न उपसमिति गठन गरिएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाइएको छ।
आयोजक समिति सयोजक रेनुका काउचा रहनु भएको छ भने विभिन्न उपसमिति सयोजक लाई जिम्मेवारी तोकिएको छजस अनुसार अधिबेशन सम्पन्न गर्नका लागि जनजाती महासंघका स्थानीय नेताहरुको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएको छ ।
जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवाश र खाना ब्यबस्थापन समितिमा जीत बहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ ( पोखरा-१२ ), शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ ( पोखरा- १ ) र मंच ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचार प्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेको जानकारी प्रचार प्रसार समितिका सहसंयोजक रिता गुरुंग प्रचार प्रसार समितिमा देविका तामांग, भुपाल गुरुङ र सुमन गुरुंङ सदस्य रहनु भएको छ ।
