Saturday, November 8News That Matters

पोखरा बाट नारायण घाट तर्फ जाँदै गरेको कार देउरालीफेदि सडकखण्डमा दुर्घटना यात्रु सकुशल

यो समाचार शेयर गर्नुहोस्

चैत्र १० पोखरा महानगरपालिका वडा नं. ३२ देउराली फेदीमा हिजो ९ गते शुक्रबार बिहान ८ बजे कार दुर्घटना भएको छ ।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०१–०२८च ६५४७ नम्बरको कार पोखरा र रुपा गाउँपालिकाको सिमाना नजिकै सडक किनारमा कार अचानक पल्टिए पछि क्षतिग्रस्त भएको छ।

पोखरा-३२ का वडासदस्य तथा नगरसभा सदस्य सावित्रीदेवी पण्डितसहित सवार दुर्घटनाग्रस्त कारमा उनको परिवार सवार थिए ।

सडकको धुलोकै कारण कार चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण कारमा क्षति पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारमा सवार पण्डित परिवार सकुसल रहेको कुनै मानवियय क्षति नभएको जनाएको छ ।

स्थानीय नीरज श्रेष्ठले जिर्ण सडककै कारण दुर्घटना भएको वताएका छन्।

सडक मर्मतका लागि पटकपटक हार गुहार गरिएको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकै कारण पटकपटक यस्ता दुर्घटना भएको स्थानीयले वताएका छन्। सम्वन्धित निकायले यसतर्फ चासो नलिएको गुनासो गरेका छन्।
स्थानीय श्रेष्ठले फेदीदेखि बेलबोटसम्मको सडक अत्यन्तै नाजुक रहेको हुदा यसतर्फ सम्वन्धित निकायले चासो लिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस