Wednesday, April 30News That Matters

राजनीति भित्रको बद्नाम राजनीति

यो समाचार शेयर गर्नुहोस्

हुन ता राजनीति बिना राज्य सञ्चालन हुनै सक्दैन राज्यव्यवस्था लाई सहि ढङ्गले सञ्चालन गर्नका लागि राजनीतिको जति महत्व हुन्छ ।त्यति नै  चाहे त्यो कुनै राष्ट्र होस् वा पाटि वा कुनैपनि सघ सस्था होस् सबैमा   बिधानको पनि त्यत्तिकै हुन्छ। विश्व राजनीति बाटै चलेको छ। कुनैपनि देस राजनिती पाटि बिना चल्नै सक्दैन। जहाँ  सिद्धान्त विचार दर्शन सहितको स्वच्छ गुट रहित इमानदारीपूर्वक गरिने राजनीति र त्यस्तो आदर्सवादि नेता भएको पाटि  हुन्छ। त्यो देस न त विकास विमुख हुन्छ न त न्याय विमुख हुन सक्छ। जहाँ  भ्रष्टाचार नातावाद कृपावाद माफियावाद शून्य हुन्छ । जहाँ राजनीति भित्र राजनिति हुदैन । जुन देसमा देस र जनताप्रति जिम्मेवार नेतासहितको पाटि हुन्छन् ।त्यहा सदा रामराज्य जस्तो अवस्थाको जनताले अनुभुति गर्न पाउछन्। त्यो देस कहिल्यै पनि ओरालो यात्रा गरेको मृग जस्तो हुनु पर्दैन।त्यो देसमा रात परेर पनि त्यो देसका जनताले अन्धकारको महशुस गर्दैनन् र देसले सम्वृद्दितर्फ उकालो यात्रा गर्न थाल्छ जनताले आनन्दको  अनुभुती गर्न पाउछन् जहाँ विचार सिद्दान्त हिन दर्शनविहिन नेताहरु भएका पाटि हुन्छन्  ।जहाका नेताहरु  स्व स्वार्थमा  लिप्त भएका पदिय लोभ लालचमा जकडिएका भ्रष्टाचारको कुलतमा फसिएका नेताहरु हुन्छन् । त्यो देसले कहिल्यै पनि सम्वृद्दिको उज्यालोमा प्रवेस गर्नै पाउदैन। त्यो देसमा दिगो शान्ति हुनै सक्दैन त्यहाका जनता सुखि र सुरक्षित  हुनै सक्दैनन् त्यो देसका जनताको भविष्य सदा बिस्तारै तर निरन्तर थाहै नपाउने गरि  अन्धकार तर्फ धकेलिई रहेको हुन्छ। तब त्यो देसमा  राजनिती भित्रको वदनाम् राजनिति को शिकार भएका पाटि हुन्छन् ।शिकार बनाइएका कार्यकर्ता हुन्छन् । त्यस्ता  गुटवन्धि पक्षधर नेताहरुले राजनिति भित्र पनि राजनिति गर्न थाल्छन्। तब राजनिती बदनाम मात्रै हुने हैन , तब त्यो देस मात्र हैन सिङ्गो देसभरका जनताको भविष्य अन्धकार हुन सक्छ।  त्यसैले भन्नै पर्ने हुन्छ।केही दसक यता नेपालका पाटि हरुमा  देखिएको राजनिती भित्रको बद्नाम् राजनितिले गर्दा  नेपाली जनता मात्रै हैन स्वय  हरेक पाटिका नेता कार्यकर्ता समेत अन्यौलमा छन्। 

त्यसैले भन्नै पर्ने हुन्छ नेपालका हरेक पाटिका   नेताले पाटि बाहिर  पाटिभित्रै  पनि राजनिति भित्रको  बदनाम् राजनिती गरेर पाटिमात्रै हैन सिङ्गो देसलाइ नै सङ्कटतर्फ धकेलि रहेछन्। शासनसत्ताका लागि  विचार सिद्धान्त बाट स्खलित हुँदै पक्षविपक्ष सत्तापक्ष प्रतिपक्ष भन्दापनि स्वार्थपुरा हुने भए एकपक्ष स्वार्थ पुरा नहुने देखेपछि बहुपक्षीय हुने कुलतमा सबै पाटि र नेताहरु फसि सकेका छन। जसले गर्दा  गणतन्त्रको माला जप्दै लोकतन्त्रको अधिकार थप्दै दिनहु विधि विधान कानुन लाई बच्चाले खेलाएको आधा हवा भएको वेलुन जस्तो गरि खेलाउने काम गरि रहेका छन्।।।

त्यसैले भन्नै पर्ने हुन्छ नेपालका सबैपाटि हरु गुटवन्दिको शिकार भइ रहेका छन्। किन भने  हरेक पाटिका नेताहरुले राजनिति भित्र वद्नाम् राजनीति गरि रहेका छन् । पहिला  पाटिभित्रै आफ्नो पक्षधर खेमा गुटको राजनिति गर्ने अनि बल्ल फरक पाटिसग राजनिती गर्ने अनि उस्तैपरे सत्तामा पुग्न पाउने अवसर पाए कि त कहिले गुट बनाउन पनि पछि नपर्ने उस्तैपरे उहि वल्लाघरे नरे पल्लाघर सरे पल्लाघरे नरे वल्लाघर सरे भन्ने भनाइ सग ठ्याक्कै मेल खाएजस्तो गर्ने । उस्तैपरे रातारात बिरालोले बास सरे जस्तो गर्ने दसकौ राजनिती गरेर आएका सहकर्मी सग आफ्नै पाटिभित्र राजनिती भित्रको   बदनाम् राजनिति गर्ने नेताहरुमा जुन प्रवृति छ यसले राष्ट्रको नेता र  पाटिको मात्रै हैन  राजनितिको समेत बद्नाम गरेको छ। जसले गर्दा नेपालकै सन्दर्भमा भन्नु पर्दा   राजनिती भित्रको बद्नाम् राजनिति भन्नु पर्ने अवस्था  आएको छ। पछिल्ला बर्षहरुमा  सत्ताका लागि  नेताहरुमा देखिएको कर्कलाको पातमा रहेको पानी जस्तो चञ्चल प्रवृतिले गर्दा  देसकै राजनिती समेत अस्थिर बन्न थालेकोछ।  पाटिहरु पाटिजस्ता  हुन सकि रहेका छैनन् । नेताहरु  नेता जस्ता हुन सकिरहेका छैनन् कार्यकर्ता कार्यकर्ताजस्ता हुन सकिरहेका छैनन्।  कारण अरु केहि नभएर नेताहरुमा देखिएको  दलगत गुटगत स्वार्थले भरिएको  राजनिति भित्रको बद्नाम राजनिती नै हो।

प्रतिकृया दिनुहोस