Friday, March 28News That Matters

एमाले कास्कीमा बैन वहादुर अधिकारी क्षत्री विजयि अधिकारी पक्ष बलियो

यो समाचार शेयर गर्नुहोस्

पोखरा चैत्र १५/नेकपा (एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् ।

१० गतेदेखी पोखरामा सुरु भएको सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ विजयी भएका छन् । प्रत्यासि माधव बास्तोलाले तीन सय ४७ मत ल्याएका छन् । क्षेत्री दुई सय चार मतान्तरले विजयी भएका छन् ।
अर्का स्वतन्त्र समुहविहिन निरप्यानल अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याएका छन्। ।

एमाले कास्कीको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दूई समूहले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वाचित अधिकारी खगराज पक्ष समुहका हुन् भने,बास्तोला गुरुङ पक्षका हुन् । खगराज पक्ष समूहले कास्कीमा अध्यक्ष सहित पदाधिकारी सबैमा जित हासिल गरेको छ। गुरुङ पक्ष समूह बलियो भएको चर्चा चले पनि चुनावि परिणामले भने अधिकारी पक्ष समूह बलियो देखिएको छ।
यसो त गुरुङ पक्षले समयमा अध्यक्ष पदका उमेदवार कसलाई बनाउने भन्ने बारे समयमै निर्णय गर्न नसक्नु गुरुङ पक्ष पराजय हुनु परेको वताइएको छ।
अधिकारि पक्ष बलियो हुनुको कारण गठवन्धनको प्रभाव पनि हुन सक्ने अडकलवाजि भएका छन्।

उपाध्यक्षमा भेषराज बराल पाँच सय २७ मत ल्याएर विजयी भएका छन् ।
प्रत्यासि शिवप्रसाद आचार्यले तीन सय ८८ मत प्राप्त गरेका छन् ।
सचिवमा दर्शन लामाले पाँच सय ९५ मत प्राप्त गर्दा प्रत्याशी सुरेन्द्र गुरुङले तीन सय २० मत प्राप्त गरेका थिए।

उपसचिवमा महिला प्रत्यासि पुर्व जनप्रतिनिधि सन्तु सुवेदी र लालबहादुर परियार विजयी भएका छन्। । सुवेदिले ५ सय १० मत र परियारले ५ सय ८१ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस