Sunday, March 23News That Matters

नवबर्ष ८१ शुभकामना आदानप्रदान ,तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन

यो समाचार शेयर गर्नुहोस्

पोखरा/  बैशाख ४ मङ्गलवार / गण्डकी मिनि मझौला ट्रक सञ्चालक समितिले नया बर्ष २०८१ को शुभारम्भ सगै  राष्ट्रिय यातायात व्यवशायि महासघका केन्द्रिय सदस्य तथा समितिका पुर्व अध्यक्ष तथा सरक्षक प्रमुख अतिथि  खड्क वहादुर विश्वकर्माको  आतिथ्यतामा शुभकामना आदानप्रदान तथा २०८१ क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

 शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन  कार्यक्रमका प्रखुख अतिथि खड्क वहादुर विश्वकर्माले  नया बर्ष २०८१  क्यालेण्डर विमोचन  गर्नु भयो।  

विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्कर्माले  नया बर्ष को शुभकामना दिदै आफू सदैव  व्यवशायिकै पक्षमा रहेको वताउदै  व्यवशायिको हक हित तथा सरक्षणका लागि कुनै कसर बाकि नराख्ने वताए। प्रमुख अतिथि विश्वकर्माले  आफू पनि व्यवशायिनै भएको जनाउदै पछिल्ला केहि बर्ष यता  कोरोनाकै कारण र राष्ट्रियस्तरमै  अर्थतन्त्र डामाडोलको अवस्था सृजना भएकै  कारणले गर्दा  व्यवशायि कमजजोर वन्दै गएको कतै  व्यवशाय बाटै विस्थापित नै हुनु पर्ने त हैन भन्ने खतरा पैदा भएको वताए। विशेष गरेर अन्य व्यवशाय भन्दा ढुवानि व्यवशाय  थिलो थिलो पर्दै गएको तर्फ सङ्केत गर्दै  २०८१ नयाबर्ष प्रारम्भ भएसगै आगामि दिनमा सम्पुर्ण व्यवशायिक मापदण्डमा  एकरुपता हुनु पर्नेमा जोड दिए।

  शुभकामना आदानप्रदान  तथा विमोचन कार्यक्रममा समितिका सल्लाहकार टेक वहादुर कार्कि तथा पुर्व सदस्य रत्न आले दिल लिम्वु लगायतले शुभकामना दिएका थिए भने  व्यवशायिको तर्फ बाट प्रवेस पौडेलले शुभकामना दिएका थिए। समितिका अध्यक्ष मनोज रसाइलिको अध्यक्षतामा गरिएको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन  कार्यक्रम समितिका उपाध्यक्ष इश्वर बस्यालले सञ्चालन गरेका थिए भने उपस्थित सम्पुर्णमा  शुभकामना सहित स्वागत मन्तव्य समितिका कोषाध्यक्ष बिष्णु थापाले दिएका थिए।

प्रतिकृया दिनुहोस