Sunday, May 18News That Matters

जनता आक्र‍ोसित नेता त्रसित

यो समाचार शेयर गर्नुहोस्

देसले गणतन्त्रको अङ्गालोमा कोल्टे फेर्यो नेपाली जनता उत्साहित भए । अब उज्याला किरणहरु हरेक नेपालिको घर घरमा पुग्ने भए भन्नेमा पुर्ण विश्वस्त हुदै नेताहरुको विश्वास गरेर  पटकपटक मतदान गरेर सिहदरवार पठाए ।  तत्कालीन अवस्थामा राजसस्था सहित केही शासकलाई हटाए। तब  लोकतान्त्रिक गणतन्त्र ता आयो तर विडम्वना केही पुर्व शासकहरु लोकतान्त्रिक गणतन्त्र विरोधि हरुनैै फेरि त्यहि हजारौं नेपाली जनताले बगाएर ल्याएको  लोकतान्त्रिक गणतन्त्रमै  तिनै जसले लोकतान्त्रिक गणतन्त्र ल्याउन सघर्ष गर्नेहरुकै रगतलाइ पानि सरह बगाइदिने काम गरे  तिनै फेरि असलि रुप छोपेर लोकतान्त्रिक गणतन्त्रको नकाव लगाएर पुन लोकतान्त्रिक गणतन्त्रमै अटाए। अटाएनन् मात्र  शासन सत्तामै पलेटि कसेर बस्न पुगे ।तब नेपाली जनताका लागि देसमा गणतन्त्र ता आयो भन्नु मात्रै हुन थाल्यो। देसैभर जताततै भ्रष्टाचार मौलाउदै जान थाल्यो  माफिया तस्कर  हरुसग नेताहरुको उठबस मात्रै हैन  भ्रष्टाचारि माफिया  तस्करकै  अघिपछि  अकुत सम्पति कमाउने दौडमा लश्कर लाग्न थाल्यो। जसले गर्दा ललिता निवास काण्ड ,भुटानि प्रकरण, गिरिवन्धु टि, एनसिल राजस्व, ह्वाइटवडि, सुनकाण्ड, शहकारि प्रकरण लगायत दर्जनौ भ्रष्टाचारका काण्ड र प्रकरणहरु छताछुल्ल हुदै  बाहिरदै जान थाले जसले गर्दा कतै  

एउटै पाटि भित्रपनि ती र त्यस्ता भ्रष्टचारका फायल खोल्ने वा नखोल्ने  भ्रष्टाचारि लाई कारवाहि गर्ने नगर्ने भन्ने  बिषयमा फरकफरक मत  आउन थाले  कतै गठवन्धन रहेका नरहेका दलहरु बिचमै पनि फरक फरक मत आउन थाले सरकारले भटाभट भ्रष्टाचारका फायल खोल्न थाल्यो ।

जसले गर्दा  सत्ता  गठवन्धन पाटिमा मात्रै  हैन प्रतिपक्षि पाटिमा पनि भुइचालो आयो ।

उहीँ भनाइनै छ  नि लहरो तान्दा पहरो घर्कियो भनेजस्तै पुरै पाटि मात्र हैन ठुला ठुला भनिएका नेताहरुकै घरमै भुकम्पनै आएजस्तो हुन थाल्यो।जसको कारण सरकार अस्थिर अवस्थामा मात्रै पुगेन फलस्वरूप  सरकाकै  कुर्चि समेत हल्लिन थाल्यो । सरकार  ढल्यो भ्रष्टाचार बाटै वच्न र केहि भ्रष्टचारि लाई  बचाउनकै लागि भ्रष्टाचार का फायल  बन्द गराउने प्रपञ्च सहित दुई ठुला पाटि एक भएर सरकार बनाए।बाहिर जे  भनेर सरकार बनाएपनि उदेस्य फरक देखिन थाल्यो  कारण  रातको बाह्र बजे जब दहिमा चिउरा पर्यो तब   बच्ने र बचाउने  सहमति भयो । सरकार ता बन्यो तर  उहीँ हिन्दिमा एउटा भनाइ छ दालमे कुछ काला हे भनेजस्तो सङ्केत हरु देखा पर्न थाले तब देसमा  वेरोजगार आर्थिक सङ्कट सामाजिक सङ्कटका कारण दैनिक हजारौं क्षमतावान उर्जाशिल  युवाहरु बिदेस पलायन   हुनुपर्ने अवस्था र आम जनताको दिनचर्या उकुसमुकुस हुँदै गई रहेको,  दिनहु सयौको  सख्यामा दुर्घटना बाट निधन भइरहेको  कतै लास फेला नपर्ने कतै वस फेला नपर्ने कतै उडेकै जहाज भुइमा झर्ने कतै आगलागि हुने   आम जनताहरु अब के हुन्छ ,आज के हुने हो भोलि कहाँ के हुने हो, भन्ने पिरले पिरोलिएर  छटपटाइ रहेका जनतालाइ  झन् पोलेमाथि घोच्ने काटे माथि अमिलो  भनेजस्तो  हुनेगरी  देस र जनता को पिर चिन्ता एक रत्ति पनि नभएझै गरि  उहीँ जसरि भएपनि  आफुहरु र आफ्नाहरुलाइ  बचाउने गरि सरकारले भ्रष्टाचार लाई पाच बर्षे हदम्याद को कानुन बनाउन लागेको र यता सर्वसाधारण विपन्न गरिवको घरमा यसो  बिजुलिको  विल समयमा तिरेन भने  वत्ति काट्ने उता अर्वौ बिजुलिक‍ बिल मिनाहा गर्न खोज्ने तिर्नु पर्दैन भनेझै गर्ने यता नेपाली जनता दिनहु  पिडै पीडा बाट छटपटाएरै  मर्नु पर्ने अवस्था  सृजना भएपछि आम नेपाली जनता यतिबेला उहि मर्ता न क्या नहि करता भनेझै गरि   नेपालको राष्ट्रिय  झण्डा हात हातमा लिदै  टाउकोमा कफन बाधेर आक्रोसित हुदै सडकमा निस्कन थालेका छन् । 

यहाँ सम्मकि अब सिहदरवार पस्ने वालुवाटार पस्ने वानेस्वर पस्ने घोषणा सहित नाराबाजि गरि रहेका छन् भने उता नेताहरु  जन आक्रोश देखेर त्रसित हुन थालेका सङ्केतहरु राजधानिमा देखिन थालेका छन्।   नेपाली  जनता यतिबेला  यती आक्रोशीत हुन थालेका छन् कि जहा जाउ  चियापसल चोक चौतारि जमघट जहा जाउ सबै जनताको मुखमा  एउटै कुरा छ । यिनेता पाटिका नेताहरुले देस खाने भए अब भ्रष्ट नेता जुन पाटिको भए पनि खदेड्नु पर्छ भनि रहेका छन् ।यस्तो अबस्था आउनु को मुख्य कारण अरु कोहि नभएर केही नभएर  यिनै ठुला ठुला दल भनिएका  दलहरुका ठुला ठुला भनिएका नेताहरु र यिनै र यिनकै हरुले गरेको भ्रष्टचार नै हो भन्दा फरक नपर्ला।

तर जति सरकार फेरिएपनि जुन सरकार आएपनि कतिपय  नीति कानुन बनाउने नाममा  य‍ोजना ल्याउने नाममा  तथा कार्यक्रमका नाममा कहिले डिजिटल लाइसेन्स बनाउने नाममा कहिले सवारी नम्बर प्लेट फेर्ने नाममा कहिले राष्ट्रिय परिचयपत्र बनाउने नाममा कहिले करको दर बढाउने कहिले करको दायरा  बढाउने नाममा कहिले विकासका नाममा जनतालाइ  दुख सास्ति पिडैपिडा दिने काम मात्रै गरेका छैनन् । आगोमा घिउ थपेझै गरि  नेपाली जनतालाई आक्रोसित बनाउदै आएका छन्  । सायद  यहि ढङ्गले सरकार अगाडि बढ्दै गयो भने दल र नेताहरु यसरि नै जनतालाइ कमजोर ठानेर अगाडि बढ्दै गए भने देस वर्वाद हुनबाट जोगाउनकै लागि जाग्नेछन् । नेपाली जनताले हातमा दहि जमाएर र  टाउकोमा गिदि जमाएर बस्नेवाला छैनन् ।  तर पछिल्लो समयमा कतिपय  पाटिका राजनीतिक इतिहास बोकेका भनिएका  ठुला ठुला नेताहरु आफ्नै कुकर्म र आफैबाट भएका भ्रष्टचार बाट अत्तालिएका छन् भने  कतिपय  नेताहरु आफ्नै भनिएकाहरु बाट भए गरेका    कुकर्म र भ्रष्टाचारकै कारण ग्रसित छन् भने कतिपय नेताहरु त आफ्नै कार्यकर्ता सग समेत त्रसित हुन थालेका छन्।

यताभने  देसैभर जनता अत्यन्तै आक्रोसित भएको देख्दा सडकमा दिनहु जनता निस्किएर  विरोध सहित ६२/ ६३ को जनआन्दोलनको शुरुवाति जस्तै गरि   जनताले विरोध नारा सहित  आन्दोलन गरि रहेको  देख्दा भने दल र दलका नेताहरु  त्रसित भएका सङ्केत हरु दिनप्रतिदिन देखिन थालेका छन।

प्रतिकृया दिनुहोस