पोखरा, भदौ १३ पृथ्वी चोकमा रहेको मुम्बई मेहन्दी पसलमा आज साँझ करीब 6:30 को समयमा पसलका धनी लक्ष्मि शाहसंग वादविवाद तथा उनी माथि हातपात भएको छ।

तीन जनाको समूह पसलमा प्रवेश गरि विवाद उत्पन्न गरी दुई जनाले पसलेसँग -विवाद गर्न थालेपछि सगै आएकि एक महिलाले आँखा छली पसलका सामानहरू झोलामा हाल्न थालेको पसल धनी शाहले बताए । शाहका अनुसार जुन CCTV फुटेजमा स्पष्ट रूपमा देखिएको छ ।

एक आपसमा कुटाकुट गर्दै
केहि समय उनिहरु एक आपसमै कुटाकुट गर्न थालेको र त्यहि समयमा
विवादको क्रममा एकजना व्यक्तिले कडा प्रहार गर्दै पसलबाट बाहिर फाल्न थालेको पसलका धनि शाहले जानकारी गराए।

पसलेलाई कुटेर उचाल्दै
शाहका अनुसार आफ्नो पसलमा काम गर्ने कामदार माथि समेत हातपात गरि घाइते बनाउनुका साथै केहि समान लिएर भागेको जानकारी गराए। उनले प्रहरी पनी समयमा नआएको दुखेसो पोखे ।

क्षती ग्रस्त सामान
सोहि समयमा तत्कालै स्थानीय छिमेकीहरूले हल्ला भएको चर्को आवाज सुनेपछि छिमेकी हरु आएर एकजनालाई नियन्त्रणमा लिएको र पसलमा अनुमानित १५ देखि २० हजार क्षति भएको वताईएको छ, भने घटना भएको थाहा पाएपछि तत्काल प्रहरिलाइ खवर गरेको वताउदै स्थानीय समाजसेवी किरण प्रसाद बन्जराले पृथ्वीचोक पोखरामा एसरि व्यापारी माथि हातपात गर्ने आक्रमण गर्ने यस्ता घटनाहरुका कारण असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गर्रेका छन्।

उक्त समयमा सामान चोरी गर्दै महिला
वडा प्रहरि कार्यालय वैदामले खवर प्राप्त भए लगत्तै विवाद तथा घटना भएको पृथ्वी चोकमा रहेको पसलमा पुगेर ३ जना लाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइ रहेको वताएको छ। विवाद किन भयो यसरी पसले माथि आक्रमण किन र कसरि भयो यसबारे थप विवरण आउन भने बाँकि छ।
