पोखरा /समाजमा भएका देखिएका विकृति विसगतिलाई हटाउने, सचेतनाफैलाउने ,श्रष्टासन्मान सहित सँस्कृतिको सँरक्षण गर्ने उद्देस्यका हरेक बर्ष मनाउदै आइरहेको नेपाली महिलाहरुको महान हरितालिका तिजपर्वको अवसरमा सूर्यचन्द्र विकास समाज पोखरा- ५ ले १० औं मालेपाटन खुला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता कार्यक्रम २०८१ गर्न लागेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ।
प्रतियोगितालाई भव्य बनाऔं, संस्कृतिको जगेर्ना गरौ, उद्योग तथा व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बाराही माविको खेल मैदानमा २०८१ भदौ १७ देखि २१ गतेसम्म कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष कमला गौतमले पत्रकार बिच जानकारी गराउनु भयो।
विस २०५१ सालमा स्थापना भएको समाजले वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौं’ भड्किलो तिजमुक्त क्षेत्र बनाउ भन्ने अभियाननै चलाएको छ । समाजले मौलिक लोक संस्कृतिको जगेर्ना गर्न तथा युवालाई गीत र नृत्यको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न र नारिश्रष्टा सन्मान गर्ने भड्किलो तिजलाइ निरुत्साहित गर्न मानविय सेवा तथा सामाजिक सचेतना फैलाउन विशेष गरेर महिला खेलाडि हरुलाइ प्रोत्साहन गर्ने लगायत समाजमा भएका सबै सँस्थाहरु बिच समन्वयन तथा एकताको भावनामा वृद्धि गर्ने रहेको छ।सँस्कृतिको सरक्षण गर्दै नयापुस्तामा हस्तान्तरण गर्नु सबैको कर्तब्य र जिम्मेवारी रहेको कुरालाई आत्मसात गर्दै धार्मिक सामाजिक सास्कृतिक रुपले सरोकारवालालाई जुटाएर तीज विशेष कार्यक्रम गर्न लागेको अध्यक्ष गौतमले बताइन् ।

तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान गर्ने टिमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा उत्कृष्ट नृत्य तथा भेषभुषा तर्फ समेत नगद पुरस्कार प्रदान गरिने छ प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गर्ने समाजले जनाएको छ ।

समाजले समाजसेवा शिक्षा लगायतका क्षेत्रमा विगतका बर्ष जस्तै महत्वपूर्ण योगदान गर्ने महिलालाई
महिला स्रष्टा सम्मान गर्ने महिला खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले समाजले यहि भदौ १७ देखि १९ गतेसम्म अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको सँस्थाका महासचिव हेमराज भण्डारीले जानकारी गराउनु भयो । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार र द्वितीय हुने समूहलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १२ समूहले सहभागिता जनाउने छन् ।

आयोजित कार्यक्रमलाई सभ्यभब्य र सफल बनाउनका लागि विभिन्न बिषयगत उप समिति बनाइएको समाजका अध्यक्ष गौतमले वताउनु भयो ।
पोखरा महानगरपालिका ५ को वडा कार्यालयको विशेष सहयोगमा माता श्री जयलक्ष्मी सुनचाँदी दुकान पोखरा ८ पृथ्वीचोक मुख्य प्रायोजन र सोफा हब पोखराको सहप्रायोजनमा कार्यक्रम हुन लागेको हो । तीज विशेष कार्यक्रमका लागि ९ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । सूर्यचन्द्र विकास समाजको नियमित कार्यक्रममा विगत बर्ष जस्तै हजारौंको उपस्थिति रहने अध्यक्ष गौतमले वताउनु भयो।

विगतका वर्षजस्तै विभिन्न वडा बाट समेत दिदिबहिनी हरु यस बर्षपनि तीज कार्यक्रम हेर्न आउने अपेक्षा रहेको अध्यक्ष गौतमले वताउनु भयो ।
विज्ञापन