पोखराको वडा नम्बर १५ स्थित प्राचीन धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ ।
आगामी मंसिरमा ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटिहोम, कोटी दिप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।

सोमबार आयोजित आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले कोटिहमको बारेमा जानकारी गराउदै तीन दशकपछि पोखरामा धार्मिक तथा अध्यात्मिक रुपले अत्यन्तै महत्त्वपूर्ण कोटिहोम हुन लागेको बताए ।
पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञान र अध्यात्मिक रुमा समेत कमी हुँदै गइरहेको भएपनि पोखरा १५ गण्डकी रिभर साइड युवा क्लबले भने धार्मिक कार्यमा जुटिरहेको उनले बताउदै कोटिहोम भनेको के हो कस्तो लाई कोटि हम भनिन्छ कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत उदाहरणिय जानकारी दिनेगरी आफुहरुले कोटिहोमको आयोजना गर्न लागेको वताउदै एकपटक आएर हेर्न र दर्शनसहित सहभागिता जनाउन र कोटिहोम महायज्ञको सन्देस प्रवाह गरिदिन समेत सयोजक गिरिले अनुरोध गरे।

कोटिहोम शास्त्रअनुसार विधिवत रुपले गरिने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निःशुल्क रुपमा सहभागी हुन सक्ने बताउदै कोटिहोमका लागि रकम दिनपर्छ भनेर न भन्नेछौ नत दबाब नै दिन्छौ सँयोजक गिरिले भने भने ।
दिनसक्नेले दिन सक्नुहुन्छ, दिन नसक्नेले आएर पुण्य कार्यमा सहभागी हुन सक्नुहुन्छ यसका लागि कुनै रोक टोक बाध्यता नरहेको जानकारी गराए।
‘ढुंगेसाँघु लुकेको तीर्थस्थल भएपनि यहाँ धार्मिक महत्व बोकेका ठाउँ छन्, तिनीहरुको पहिचान गराउनुका साथै सकेदो सँरक्षण गर्नु नै आफुहरुको उद्देश्य रहेको गिरिले वताए।
सँयोजक गिरिका अनुसार विभिन्न पूजाअराधाना सहित कोटिहोमकै क्रममा निःशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका बृद्धबृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने वताए ।
रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जीवन्त पार्न र सँरक्षण गर्नकै लागि कोटिहोमको आयोजना गर्न लागेको बताए ।
सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटिहोमको आयोजना गर्न लागेको जानकारी गराए ।
ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने महत्त्वपूर्ण धनर्मिक तथा ऐतिहासिक थलो भएकाले यसको महत्व छुट्टै रहेको हुदा सँरक्षण तथा प्रर्वर्धन गर्न लागेको वताए।।

अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने र कोसिसको थालनी गरेको बताउदै
उनले कोटिहोममा आइ पूण्यको काम गर्न समेत अनुरोध गरे ।
जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल स्वँय वाचकको रुपमा रहने गरि कोटिहोम गर्न लागिएको हो।
