देसले काचुलि फेर्यो भनेर हर्षित भएका नेपाली जनताका मनहरु भित्र भित्रै त्रसित मात्रै हैन ग्रसित भएका छन्। देसमा गणतन्त्र आयो तिन तहका सरकार बने सरकारमा जाने ठुला ठुला पाटि र तिनका शिर्षस्थ नेताहरुले अब नेपाली जनताका लागि दुखका दिन गए ।सुखका दिन आए भने पटकपटक मन्त्री बनेे तर देसमा मात्रै कि त राजनितिक खेल ,कि त सत्ताको खेल ,कि त कागजि पत्ता र भत्ताको खेल मात्रै भयो। संघ उस्तै, प्रदेसमा झन् उस्तै नेताहरु कहिले सत्ताका लागि लुछाचुडि कहिले उहि एउटै पाटि जस्तो छुट्याउनै नसकिने दुरुस्तै देखिदै जान थाले । जसले गर्दा यहाँ नेताहरुले जतिनै पाटि विचार वाद र सिद्दान्तका कुरा गरि रहेपनि सत्तामै जानका लागि पाटिकै विचार र सिद्दान्त बाट स्खलित हुदै जान थाले। हिजो पाटि विचार प्रति विश्वास गर्ने र आस्था राख्ने नेपालि जनताको नजरमा जतिनै कोट र टाइ लगाएर अगुवापछुवा राखेर चिल्ला गाडिमा आएर भाषण गरि रहदा घृणाका पात्र मात्रै हैन , वैचारिक रुपले नग्न नाङ्गै देखिन थाले । जसले गर्दा सत्तामा जाने बेला भने कहिले कुकुर र बिरालो जस्तै गरि ङ्यार्र ङुरेर गर्ने त कहिले दुनियामा विरलै देख्न पाइने कुकुर र बिरालोको मेलमिलाप जस्तो गरेको देख्दा नेपालि जनता नै चकित भएका छन्। दल र नेताहरुको चर्तिकला देख्दा नेपाली जनता यतिसम्म दिक्क भएका छन् कि देसैभर देखिएका विरोध कार्यक्रम मात्रै हैन माइती मण्डला वानेस्वर मा देखिने दृस्य र ती आक्रोसित युवाहरुको आक्रोसले स्पष्ट सङ्केत गरेको छ।
यता प्रदेसको अवस्था उस्तै छ। साना साना बालबालिका हरुले माटोको भात पकाइ खेले जस्तो छ ।जताततै सातै प्रदेसमै रडाको मच्चिइ रहेको छ। देसको र जनताको अवस्था के छ ,कस्तो छ, देस कति रिणमा डुबि सकेको छ, भन्ने बारे कुनैपनि पाटि र नेताहरुलाइ चिन्ता छदै छैन । बास् एउटै चिन्ता छ पहिला मेरो पाटि सत्तामा अनि मेरो गुटको भागमा कुन मन्त्रालय मेरा मान्छे कहाँ नियुक्ति सरुवा बढुवा गर्ने भन्ने बारे र कहाको ठेक्का मेरो मान्छेलाइ भन्ने बारे मात्रै चिन्ता छ। मेरो नेता कार्यकर्ता ,ठेकेदार ,कर्मचारिलाइ भ्रष्टाचार बाट कसरि जोगाउन र जोगिन सक्छु भन्ने मात्रै चिन्ता छ। कसैलाई कुनै मतलव छैन देस भाडमे जाय भने जस्तो छ। यहाँ सम्मकि प्रवासमा भएका यिनै पाटि र नेताहरुकैे कारण बिदेसिन बाध्य भएका नेपाली दाजुभाइ दिदिबहिनी हरु समेत पाटिका ,त्यतिमात्र हो र स्वदेसमा समेत पाटिका उध्योगि ,व्यापारि, ठेकेदार, सेना प्रहरी, कर्मचारि ,वकिल, न्यायाधिस ,पत्रकार,कलाकार , शिक्षक, बिध्यार्थि, मजदुर ,वुद्दिजिवि , किसान , लगायत एनजिओ आइएनजिओ, टोल विकास सँस्था ,आमासमुह ,विव्य समिति छन् जहाँ सबै पाटिका नेतालाइ एउटै हतारो हुन्छ आफ्नो पाटिकै हुनुपर्ने पाटि सत्तामा भएपछि हाजिर मात्रै गरे पुग्नि यस्तो भएपछि देस कसरी उभो लाग्नि ।
यता संघको रोगले फेरि प्रदेस समेत अछुतो रहेन भन्ने बेला दुइदल मिलेर अस्थिरता हटाउने घोषणा गरेकै दलहरुमा यति असहमति झाङ्गियो कि गण्डकी प्रदेसमै सरकार बनेर पनि दुइदलिय मन्त्री परिषद् बन्न मात्रै दुई दुई महिना लाग्यो ।त्यो पनि पाटि पाटि भित्र मात्र हैन शपथ खादैका बखत पाटि भित्रै विवाद देखिन थाल्यो । त्यतिमात्रै कहाँ हो र गण्डकी प्रदेस मन्त्रिपरिषदमै असन्तुष्टि देखियो भनेपछि एक त प्रदेस घाडो भयो भनेर आम नेपालि जनताले आक्रोस पोखि रहेका छन्। त्यसमाथि पनि झन् यतिबेला गण्डकि प्रदेसमा देखिएको रोइलो र धमिलोपनले गण्तन्त्र सिध्याउने खेल ता हैन भनेर शङ्कै मान्नु पर्ने अवस्था आएको छ। सायद यस्तो नौलो कुरा नेपाली जनताले पहिलो पटक सुन्दैछन् त्यसमा पनि यतिबेला भने गण्डकि प्रदेसका जनताले त नजिकै बाट सुन्ने सुनौलो अवसर प्राप्त गरेका छन्। गण्डकि प्रदेसमा पनि मन्त्री पदमै हिजो भागबण्डा भनेको पद आज भाउताउमा कुरा नमिलेको खवर सुन्न पर्नु गण्डकि प्रदेसकै लागि दुर्भाग्य र दुखको कुरा हो । यसले के देखाउछ भने अब पाटि पाटिमा मात्र हैन पाटि भित्रै पनि छताछल्ल हुने भो भन्ने कुरा स्पष्ट देखिएको छ । त्यसैले त, पाटि र नेताहरुका लागि न त ढाकेरै ढाकिने न त छोपेरै छोपिने भन्नु पर्ने जस्तो अवस्था आएकै हो त भन्नु पर्ने छाटकाट देखिन थालेकोछ।। देस बर्वाद भो युवाहरुले देस खालि हुदै जाने भो भ्रष्टाचारले देस खोक्रो हुदै जाने भो भन्ने चिन्ताको कुरा त परै जाओस्, उल्टै भ्रष्टाचार बाट बच्न र भ्रष्टाचार बाट पाटि नेता कार्यकर्ता लाई बचाउनकै लागि यहाँ सत्ता परिवर्तन गर्ने सम्मको राजनीतिक खेल भयो यो यस्तो कुरा कसले पो बुझेको छैन र जो भ्रष्टचारको आरोपले थिलो थिलो हुदैे गयो उहि उस्तै परे भ्रष्टचार नियन्त्रण गर्ने ठाउमा पुग्यो भने पनि कुनै नौलो कुरा नहुने भयो। यहाँ नेताहरु यति नाङ्गिदै जान थाले कि न ढाकेरै ढाकिने,न छोपेरै छोपिने भनेजस्तो अवस्थामा पुगि सके ७ शाल देखि राजनितीक इतिहास बनाएका पाटि हुन् वा परिवर्तनका वाहक होउ भन्ने पाटि हुन् ।वा बडो तामझाम का साथ उदय भएका पाटि हुन् सबका सब पाटि को गरिमाको पर्दा दिनप्रतिदिन खस्कदै गएको मात्रै हैन राजनितीमा जिवन व्यतीत गरेका ठुला ठुला पाटिका पुराना नेता हुन् वा परिवर्तन ल्याएका पाटिका परिवर्तनकारि परिवर्तन वाहक भनिएका पुराना नेता हुन् चाहे देसैभर नया शक्तिको रुपमा उदाएका नया पाटिका नेता नै किन नहुन् । नेपालि जनताको नजरमा सबका सब वस्त्रहिन नाङ्गै देखिन थालेका छन्।। सायद यहि ढङ्ग र तौर तरिकाले नेताहरु अगाडि बढे भने सायद ८४ पर्खि रहनु पर्दैन होला नेताहरुका लागि न ढाकेरै ढाकिने न छोपेरै छोपिने भन्नू पर्ने दिन नआउलान् भन्न सकिदैन ।