Friday, March 28News That Matters

“ पोखरा लेकसाइडमा मोबाईल,पर्स र घडी लुटपाट गर्ने २ र किन्ने १ जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

भाद्र २१ गते बिहान अन्दाजी ०२:०० बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.०६ हल्नचोक स्थित सडक खण्डमा जिल्ला ताप्लेजुङ निकुवाखोला गाउपालिका वडा नं.०१ स्थायी घर भएका बर्ष ४५ का बल बहादुर घलेलाई बाटोमा हिडिरहेको अबस्थामा जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं.५ बस्ने बर्ष २९ को मिलन गुरुङ ऐ. ६ लेकसाइड बस्ने बर्ष २२ रंजन सुनार समेतले रेडमी १३ मोबाईल थान -१,सुनौलो रंगको घडी थान-१,(एक) ०१-०८-००२८३९८४ नम्बर भएको सवारी चालक अनुमती पत्र, नगद रु,७,०००।–(सात हजार) राष्ट्रिय परिचय पत्र समेत लुटेर लगि पोखरा महानगरपालिका वडा नं.०८ शिबालय मार्ग स्थितमा स्याङ्जा जिल्ला पु.ब.न.पा. वडा नं.४ बर्ष २६ का अशोक मल्लले संचालन गरेको आषिश मोबाईलमा बेचेको भन्ने सुचनाको आधारमा तत्काल उक्त स्थानमा वप्रका प्रहरी कार्यालय अधिकृत समेतको टोली रंजन सुनार र मिलन गुरुङले चोरी गरी बेचेको रेडमी १३ मोबाईल थान-१ र बिभिन्न कम्पनीका ४६ थान मोबाईल समेत बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको छ।

बर्ष २६ का अशोक मल्लले संचालन गरेको आषिश मोबाईलमा बेचेको भन्ने सुचनाको आधारमा तत्काल उक्त स्थानमा वप्रका प्रहरी कार्यालय अधिकृत समेतको टोली रंजन सुनार र मिलन गुरुङले चोरी गरी बेचेको

वप्रका ( बैदामका ) अनुसार निज मिलन गुरुङ रँञ्जन सुनार लाई साथै चोरिका मोबाइल खरिद गर्ने असोक मल्ल समेत लाई चोरी तथा डांका कसुर अपराधमा मिति २०८१/५/२४ गते देखी लागु हुने गरी सम्मानित कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप भइ अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

प्रतिकृया दिनुहोस