देसमा भ्रष्टहरुका फायल खोल्ने क्रम सग सगै देसमा एउटा अकल्पनिय राजनितिक तरङ्ग पैदा भयो जसले गर्दा रातारात प्रचण्ड सरकार ढल्यो । तब सहकारीको अरवौ रकम अपचलन हिनाबिनाका कुरा बाहिरिए सगै पुर्व उप प्रधानमन्त्रि तथा गृहमन्त्रि रवि लामिछाने गिरफ्तारी भएसगै एकातर्फ रास्वपाका कार्यकर्ता र रवि लामिछाने समर्थकले सरकारले राजनितिक प्रतिसोध साधेको आरोप लगाउदै विरोधमा निस्किने र अर्कोतर्फ सहकारी पिडितहरुले न्याय माग्दै सडकमा निस्किए पछि देसैभर यतिबेला बवण्डरै बवण्डर मच्चिएको छ। सरकार चौतर्फी आलोचित भएको छ। सरकार माथि जताततै प्रस्नै प्रस्नको ओइरो लाग्न थालेको छ। सरकार यतिबेला यति आलोचित भइरहेको छ कि आलोचना खेप्नै नसक्ने अवस्थामा पुगेको छ ।यहा सम्मकि तेस्रो दल प्रतिपक्षि दल विरोधि दलबाट मात्रै नभएर भित्र भित्रै गठवन्धन सरकारमा रहेको ठुलो दल काङ्ग्रेस र आफ्नै दल बाट समेत आलोचित भएको गन्ध बिस्तारै बाहिर आउन थालेको छ। कुनैपनि दल जब सत्तामा पुग्छ तब प्रतिपक्षी र विरोधी दल बाट आलोचना हुनु स्वभाविकै हो तर आफ्नै सहयात्री गठवन्धन सरकारमा रहेको दल र आफ्नै पाटि भित्र बाट आलोचना हुनु भनेको अस्वभाविक मात्रै नभएर ओरालो बाटो सिहको यात्रा मृगबाटै खतरा भनेजस्तो हो।



हुनपनि सरकार परिवर्तन सगै ओलि सरकार वालुवाटार सिहदरवार प्रवेस सगै कहिले विध्युत महशुल त कहिले एनसिल, कहिले पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रि लामिछाने पक्राउ प्रकरण, कहिले आफ्नै पाटिका मन्त्रीलाइ मानव ओसारपसार अभियोग त कहिले धनराज जोगाउने प्रयासको आरोप त कहिले जग्गादान प्राप्ती प्रकरण सत्ताधारि पाटिका ठुलै नेताहरु माथि उठेको प्रस्न सहितको भुटानि काण्ड गिरिवन्धु टि गडवडि काण्ड जुन काण्डको कुरो चल्ने वित्तिकै सरकार बाट बाहिरिनु परेको थियो प्रचण्ड। रवि माथि ता झन् पक्राउ परेसगै दिनहु रविमाथि आरोपै आरोपको ओइरो लगाउदै रास्वपामा मात्रै नभएर देसै भर राजनितिक प्रतिसोधको पहिरो ल्याउन र रविलाइ बर्षौ जेलको गहिरो खाडलमा पुर्याउन सरकारले गरेको प्रपञ्च ले गर्दा सरकार आम सर्वसाधारण जनताबाट आलोचित मात्र नभएर सरकार तिर आम सर्वसाधारण जनताको बिचबाट के सहकारी घोटाला रकम अपचलनमा रवि मात्रै आरोपित हो त के रवि मात्रै ८७ अरवको जिममेवार हो त के रविलाइ बर्षौ जेल जानेगरि फैसला गर्दा सहकारि पिडितको डुबेको रकम फिर्ता आउला त के सहकारि पिडितले रकम फिर्ता पाउलान् त के सरकारले सहकारि पिडित लाइ न्याय देला त यि र यस्ता उठेका दर्जनौ प्रस्न सरकार तर्फ तेर्सिएका छन्। फेरि पछिल्ला केहि दिन यता सुरक्षा र न्यायालय माथि समेत प्रस्न उठ्न थालेका छन् । कतै न्यायालय सुरक्षा निकाय माथि समेत सरकारको दलिय प्रभाव परेको त छैन भन्ने खालका शङ्काहरु उब्जिन थालेका छन्।त्यसैले भन्नै पर्ने हुन्छ सरकार आलोचित मात्रै नभएर सरकार माथि जताततै आम जनताको प्रस्नै प्रस्नको ओइरो लाग्न थालेको छ । जसले गर्दा रवि लामिछाने अनुसन्धानको घेरामा छन् भने सरकार जताततै प्रस्नै प्रस्नको चौघेरामा छ। रवि लामिछानेलाइ कानुनि रुपले अनुसन्धानको नाममा दर्जनौ आरोपको घेरामा राख्न सफल सरकार आफै उहीँ माकुरो आफ्नै कारणले आफैले छाडेको जालोमा परे जस्तै यतिबेला भने ठिक माकुरो जस्तै याने बल्ल पर्यो माकुरि जालैमा भन्ने गित जस्तै सरकार जनताका दर्जनौ प्रस्नै प्रस्न र आलोचनाको घेरामा परेको छ।
तितो तर सत्यकुरा भन्नै पर्ने हुन्छ सरकार किन यसरी आलोचनै आलोचना र प्रस्नै प्रस्नको घेरामा पर्यो त अरु केहि नभएर उहीँ दुख पाईस् मङ्गले आफ्नै ढङगले भनेजस्तै सरकारअरु कसैका कारणले नभइ आफ्नै कारणले आलोचित हुन पुग्यो आफ्नै घमण्ड र मतिले आलोचना र प्रस्नै प्रस्नको घेरामा पर्यो।
किनभने ओलि सरकारले विध्युतको महशुल सरकारलाइ तिर्नु पर्दैन भन्न थाल्यो रविलाइ पक्राउ गर्दा सत्तासिन दलका अन्य नेता मन्त्री माननीय हरुलाइ सहकारी रकम अपचलन हिनाविनाको आरोप त कसैलाइ भ्रष्टाचार सरकारि सम्पती दुरुपयोगको आरोप लागेका हरुलाइ उन्मुक्ति दिने उनलाइ जोगाउने रविलाइ मात्रै फसाउने खेलमा लागेको भन्ने कुरा जब छर्लङ्गै हुन थाल्यो तब विभिन्न दल र जनताले समेत बुझ्न थाले, जसले गर्दा रवि दोषि छैन हैन रविलाइ पनि दोषि भए कारवाहि गर्नु पर्छ ,तर कानुन समान हुन पर्छ सरकारले भेदभावपुर्ण व्यवहार गर्नु हुदैन भन्दै सरकारले नाङ्गो नाच देखाएको आरोप समेत लगाउन थाले किन भने कुनैपनि देसको कानुन दुइथरि हुदैन फरकफरक मानिसलाइ फरकफरक कानुन बनाईएको हुदैन भन्दै आम जनताले जताततै प्रस्नै प्रस्न गर्न थाले जसले गर्दा यतिबेला सरकार माथि जताततै प्रस्नै प्रस्नको ओइरो लाग्न थालेको छ।





















