Sunday, March 23News That Matters

।पोखराको लेकसाइडमा २६ औ सडक महोत्सव शुभारम्भ:मन्त्री सुब्बा द्वारा उद्घाटन

यो समाचार शेयर गर्नुहोस्

पर्यटकिय राजधानी पोखरामा पर्यटकिय क्षेत्र लेकसाइडमा शनिबार देखि २६ औ पोखरा सडक महोत्सव सुरु भएको छरेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २६ वर्ष देखी सडकमै खाउ सडकमै रमाउ सडकमै नाचौ भन्ने मुल नारा सहित महोत्सवको आयोजना गर्दै आएको छ ।

लेकसाइडको खहरे चोक बाट विभिन्न भेषभुषा सहित साँस्कृतीक झाँकी सहितको र्याली शुरु भएर कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको महोत्सव शुभारम्भको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नु भएको थियो ।

लेकसाइड फिस्टेल गेट देखि डिहिको पाटन सम्मको करिब साढे ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालन गरिने भएको छ ।
आय‍ोजक रेवान पोखराले आयोजित सडक मह‍ोत्सवमा विभिन्न स्वदेशी तथा विदेशी पर्यटकहरु रमाउनुका साथै एउटै थलोमा विभिन्न सांस्कृतीक कार्यक्रमबाट मनोरञ्जन लिन सक्ने वताएको छ ।

सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छन्, भने सडकमै खुल्ला ठाउमा बसेर स्वदेसि तथा बिदेसि पर्यटकहरु रमाउन सक्नेछन्

नया अङ्ग्रेजी बर्ष २४ लाई बिदाइ गर्दै २५ लाइ स्वागत गर्दै पुस १७ गतेसम्म सञ्चालनमा रहने महोत्सवलाई प्रभावकारी बनाउन लेकसाईड क्षेत्रलाई सडक रङ र‍ोगन सहित बिजुलि वत्ति झिलिमिलि पार्दै ध्वजा पतका सहित दुलही झै सिगारिएको छ ।

महोत्सवमा नेपालका विभिन्न जिल्ला बाट जात जाति धर्म सस्कृति सहितका साँस्कृतिक कार्यक्रम हरु प्रस्तुत हुने छन् भने, सडकमै स्वदेसि तथा बिदेसि खानाका परिकारहरुको स्वाद लिन पाइने छ।
महोत्सवमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी गरिनुका साथै नेपाली लोकदोहोरी र लाइभ कन्सर्टलगायत कार्यक्रमहरु हुनेछन् । आय‍‍‍‍ोजकका अनुसार मह‍ोत्सव पाँच दिन सम्म चल्ने छ।

प्रतिकृया दिनुहोस