पोखरा
सँकृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मुल नाराका साथ लेखनाथ उध्योग बाणिज्य सँघले यहि पौष १८ गते देखि माघ १ गते सम्म २० अौ सँस्करण लेखनाथ महोत्सव अन्तिम चरणमा पुगेको छ।

लेखनाथ उध्योग बाणिज्य संघले महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल रुपान्तरण गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको लेखनाथ उध्योग बाणिज्य सँघका अध्यक्ष तथा आयोजित महोत्सवका मुल सँयोजक बिनोद श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रमको अवसरमा बताए ।

महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रर्दशनी एवं बिक्री गरिने अध्यक्ष तथा सँयोजक श्रेष्ठले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरूको बजार ,स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलतामा थप टेवा पुग्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको सँरक्षण तथा जगेर्ना गर्न, आन्तरिक एवं वाह्य पर्यटकहरू आकर्षित गरि आन्तरिक पर्यटनलाई भित्र्याउन समेत सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताउदै महोत्सवले लेखनाथको उत्पादनले अवसर पाउनुका साथै उध्योग व्यापार प्रवर्धनमा थप सहयोग पुग्ने विश्वास रहेको जनाउनु भयो ।
सोही पत्रकार भेटघाट कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अग्रजले देखाएको वाटोलाई पछ्याउदै जानु पर्ने सुझाव राखेका थिए भने नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष माधव बरालले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्रान्डिङ गरिनुपर्ने बताउँदै सङ्घले २० औ वर्ष देखि अगाडि सारेको नाराले निरन्तरता पाएको छ त भन्दै प्रति प्रश्न उठाएका थिए । उनले महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण एवं जगेर्ना गर्दै स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण पनि गर्ने भएकाले यसका लागि पत्रकार महाससंघ कास्की शाखा सँधै साथमा रहेको बताउँदै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा महानगरपालिका २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक सङ्कटको अवस्थाम यसरी गरिने महोत्सवको माध्यमबाट व्यवसायीहरूलाई उत्प्रेरणा प्रदान हुने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए।
प्रायोजकहरूको तर्फबाट सगरमाथा लुम्बिनी इन्स्युरेन्स कम्पनीका लेखनाथ शाखा प्रमुख शङ्करराज तिवारीले महोत्सव सगै आर्थिक उपार्जन तथा व्यवसायिक ज्ञानका बारेमा पनि जानकारी गराउनु पर्ने सुझाव दिएका थिए।
महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, एक सय भन्दा बढि माछाका प्रजातीहरुको अवलोकन, महिलाहरुको क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगिता, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवर्द्धन राष्ट्रिय स्तरका चर्चित कलाकारहरु वाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने खालका सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी लगायतका कार्यक्रमहरु रहेका छन् भने ,जातजातिहरुको सांस्कृतिक सँरक्षण तथा जगेर्ना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरु बाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
महोत्सवकै कार्यक्रम अर्न्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको थियोे भने ,उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थल बाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ आयोजकले वताएको छ। महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी गरिनुका साथै विभिन्न जातजाति हरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरुको समेत प्रस्तुति रहनेछ। ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरु द्वारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागिे उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्वारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तर दायित्वका कार्यमा खर्च गरिने आयोजकले पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको छ ।
महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले परम्परागत चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई सिधै एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपुर्ण भुमिका खेलेको वताए ।
सङ्घका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–महासचिव भरतराज ओझाले गरेक थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
२० अौ लेखनाथ महोत्सव २०८१ का कार्यक्रम हरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ भने ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ पत्रकार भेटघाट कार्यक्रममा वताईएको छ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेस ,पनेपाल उभ्योग बाणिज्य सँघ गण्डकी प्रदेश ,प्रवर्दकमा पोखरा महानगर पालिका र नेपाल पर्यटन बोर्ड, रहेका छन् भने मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैक रहेको छ।
सह प्रायोजकमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। भने एयरलाइन्स पाट्नरमा यति एयरलाइन्स रहेको छ।अफिसियल मिडिया तथा मिडिया पाट्नरमा भने सगरमाथा टेलिभिजन र सिटिवान टेलिभिजन रहेका छन्।
यो पनि हेर्नुहोस :-