पोखरा
पोखरा महानगर पालिका वडा नम्बर ७ ले कास्की ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरण सामग्री सहयोग गरेको छ।
वडा अध्यक्ष राम मोहन आचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की ट्राफिक प्रहरी प्रमुख लक्ष्मि पाण्डेलाइ सवारी दुर्घटना न्युनिकरणका लागि आवस्यक सामग्रि वडा कार्यालय परिसरमा आमन्त्रण गरेर हस्तान्तरण गर्नु भएको हो।
सोही दुर्घटना न्युनिकरण सामग्री कास्की ट्राफिक प्रहरी कार्यालय बरिष्ठ प्रनानि शिव प्रसाद पाठक वडा सचिव वडा सदस्य लगायतको उपस्थितिमा हस्तान्तरण गर्नु भएको हो।

पोखराका विभिन्न ठाउमा सुरक्षित ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने यस्ता सामग्रीको अभाव भएकै कारण दुर्घटना हुने जनाउदै अध्यक्ष आचार्यले आफुले वडा मात्रै नभनि सिङ्गो पोखरा हाम्रो हो यसलाइ व्यवस्थित गर्नु र दुर्घटना रहित शहर बनाउनु पनि हाम्रो कर्तव्य र जिम्मेवारी रहेको हुदा आफुले सहयोग गरेको वताउनु भयो ।

सोहि अवसरमा वहाले आगामी दिनमा पनि पोखरा क्षेत्रमा दुर्घटना हुनै नदिन दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि आफू र आफ्नो वडा सदैव लागि रहने वताउनु भयो ।
वडा अध्यक्ष आचार्यले यसरी कर्तव्यनिष्ट भएर दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गर्नु भएकोमा आफुलाइ थप उर्जा प्राप्त भएको प्रनानि पाण्डेले वताउनु भयो ।
उक्त अवसरमा प्रनानि प्रमुख पाण्डेले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण र नागरिक सुरक्षाका लागि आम सचेत नागरिकका साथै समाजका विभिन्न निकाय सामाजिक क्षेत्र स्थानिय सरकारको सहयोग तथा महत्त्वपूर्ण भुमिका रहने वताउनु भयो ।
यो पनि हेर्नुहोश:-