Friday, March 28News That Matters

बालगायक सचिन परियारको निधन

यो समाचार शेयर गर्नुहोस्

पोरा

नेपालका चर्चित बालगायक सचिन परियारको निधन भएको छ। महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनकाे निधन भएको हो। अस्पतालका स्रोतका अनुसार, सचिनको बिहान १० बजे निधन भएको जानकारी प्राप्त भएको छ।

बालसंगीतको क्षेत्रमा भाइरल बालगायकका रूपमा चिनिएका सचिनले थुप्रै लोकप्रिय गीत गाएका छन्। उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए। हास्य श्रृंखलामा ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए।

उनका चर्चित गीतहरूमा ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायतका गितहरू समावेश छन्। उनका गित र अभिनयले धेरैको मन जितेको थियो र नेपाली सांगीतिक र मनोरञ्जन क्षेत्रमा उनको योगदानलाई सँधै सम्झिने गरिने छ।

सचिन परियारको निधनको खबर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ। उनका समर्थक र प्रशंसकहरूले श्रद्धाञ्जलि अर्पण गर्दै शोक व्यक्त गर्दै पोस्टहरू र शोक सन्देशहरू सेयर गरिरहेका छन्। उनले नेपाली संगीत र टेलिभिजनमा पुर्याएको योगदानले उनलाई सदैव सम्झनामा राख्नेछ।

यो भिडियो पनि हेर्नुहोस :-

प्रतिकृया दिनुहोस