पोखरा



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीले आगामी माघ २६ र २७ गते पोखरामा आफ्नो पहिलो प्रदेश अधिवेशन आयोजना गर्ने भएको छ।
अधिवेशनले गण्डकी प्रदेशको भविष्यका लागि नयाँ दिशा र दृष्टिकोण तय गर्ने ठूलो अवसरको रूपमा काम गर्ने पत्रकार भेटघाटको अवसरमा वताएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष क. माधव कुमार नेपालले उद्घाटन गर्ने यो ऐतिहासिक अधिवेशनले समृद्धि र विकासको यात्रामा गण्डकी प्रदेशलाई एक कदम अघि बढाउने विश्वास गरिएको छ।

पार्टीका अनुसार, यस अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहनेछन् भने प्रतिनिधिहरुले केवल प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक भविष्यमा छलफल गर्नेछन्, बरु गण्डकी प्रदेशका जनताका थार्थिक समस्या र समाधानका उपायहरूमा विचार पनि प्रस्तुत गर्नेछन्। विशेष गरी, महिलासहित उत्पीडित र मजदूर वर्गका प्रतिनिधिहरुको सुनिश्चित भागीदारीका माध्यमबाट प्रदेशको समावेशी विकासको सुनिश्चितता गरिएको छ।

यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन्। प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता रहनेछ ।
अधिवेसन सम्पन्न गर्न पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहनुभएका केन्द्रीय सचिव क. श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेसन भव्य रुपमा सम्पन्न गर्न मुल आयेजक समितिका अलवा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ। उप समितिहरुमा अध्यक्ष एवं केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जनपरिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उपर्सामति रहेका छन् । त्यसैगरी केन्द्रीय सदस्य शर्मिलादेवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गण्डकी प्रदेश प्रचार विभाग प्रमुख नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कास्की जिल्ला अध्यक्ष खड़ग हमालको संयोजकत्वमा खाना खाजा व्यवस्थापन उपसमिति, केन्द्रीय लेखा आयोगका सदस्य उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उपसमिति, पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, पर्वत जिल्ला अध्यक्ष ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति र कास्की जिल्ला उपाध्यक्ष पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ। त्यस्तै केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा कार्यालय सञ्चालन उपसमिति बनाईएको छ। जसको सदस्यहरुमा शर्मिला पौडेल, प्रेम प्रसाद पौडेल, खड्ग हमाल, मुक्ति पौडेल नवराज सुवेदी र ठाकुर शर्मा रहनुभएको छ। योसंगै सबै उपसमितिहरुलाई पूर्णता दिईएको छ । प्रतिनिधि छनौट माघ १६ गते हुनेछ। अधिवेसनलाई भव्य, सभ्य तथा अनुशासित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु जुटेको र अधिवेसनको तयारी तिव्र पारिएको छपत्रकार भेटघाट अवसरमा केन्द्रीय सदस्य तगा मुल आयोजक कमिटि सँयोजक श्रीनाथ वरालले वताए।

अधिवेशनको तयारीलाई सुसंगठित र व्यवस्थित बनाउन पार्टीका विभिन्न उपसमितिहरु गठन भएका छन्। प्रत्येक उपसमिति आफ्ना जिम्मेवारीमा जुटेर विभिन्न कार्यहरूलाई सम्पन्न गर्ने जनाइएको छ।
मुल आयोजक कमिटीका अध्यक्ष क. श्रीनाथ वरालका अनुसार, गण्डकी प्रदेश कमिटीले अधिवेशनलाई ऐतिहासिक र अविस्मरणीय बनाउन उच्चतम तयारी गरिएको छ।

समाजवादी विचारधाराका आधारमा, यस अधिवेशनले गण्डकी प्रदेशको समृद्धि र समतामूलक समाजको निर्माणको लक्ष्यमा काम गर्ने दृढ संकल्प व्यक्त गरेको छ। जनताका जीवनस्तरमा सुधार ल्याउने, रोजगारीका अवसरहरू सृजना गर्ने, र प्रदेशको आधारभूत संरचनामा नयाँ उचाइमा पुग्नका लागि विभिन्न नीति प्रस्ताव गरिनेछन्। शिक्षा, स्वास्थ्य, कृषि र उद्योगजस्ता प्रमुख क्षेत्रहरूको वैज्ञानिक दृष्टिकोणबाट परिमार्जन गर्दै समाजका सबै वर्गका जनतालाई समान अवसर र अधिकार दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

अधिवेशनको समयमा, गण्डकी प्रदेशको समृद्धि र विकासको विषयमा गहिरो विचार-विमर्श गरिनेछ। प्रदेशको आर्थिक समृद्धिका लागि नयाँ रणनीतिहरु र योजनाहरु निर्माण गर्ने परिकल्पना राखिएको छ। यसका लागि पार्टीका कार्यकर्ताहरूले जनताको विश्वास जित्न र जनहितका मुद्दामा सशक्त कदम चाल्नका लागि एकजुट भएका छन्।
अधिवेशन एकपटक फेरि पुष्टि गर्ने अवसर हुनेछ कि समाजवाद केवल विचार होइन, जनताको दैनिक जीवनमा उतार्न योग्य जीवनदायिनी शक्तिका रूपमा कार्य गर्न सक्छ। यस अधिवेशनले समाजको शोषणमुक्त भविष्य सुनिश्चित गर्ने मार्ग खोल्ने वताइएको छ।
यो पनि हेर्नुहोस :-





















