Friday, March 28News That Matters

रवि लामिछानेका बहस सकियो : अदालत अगाडी नाराबाजी

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा बहस गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कानूनी व्यवसायीले मंगलबार आफ्नो बचाउ बहस सकाएका छन्। बचाउ बहसमा पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापा मगरसहितका कानूनी व्यवसायी सहभागी थिए।

अदालत अगाडी

रविको पक्षमा रहेका अधिवक्ता तथा गण्डकी प्रदेशका पूर्वन्यायाधिवक्ता रोहितराज बास्तोलाका अनुसार बहसमा कानूनी व्यवसायीहरूले रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको दाबी गर्दै उनी निर्दोष रहेको जिकिर गरे।

  • रविलाई पुर्पक्षका लागि जेल पठाउनुपर्ने कुनै वैधानिक कारण नरहेको दाबी।रविकी पत्नी निकिता पौडेललाई मुद्दामा जोडिएको र अभियुक्त बनाइएको भन्दै बास्तोलाले जनाए ।अभियोग राजनीतिक प्रेरणाले प्रेरित भएको तर्क गरेका छन ।

अब बाँकी प्रतिवादीहरू मिना गुरुङ, कृष्ण गुरुङ र आरती गुरुङका कानूनी व्यवसायीहरूले आफ्नो बचाउ बहस गर्नेछन्। यसअघि पक्राउ परेका छविलाल जोशी, लिला पछाई, र रामबहादुर खनालका कानूनी व्यवसायीहरूले बहस गरिसकेका छन्। सबै प्रतिवादीको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले पुर्पक्षका लागि जेल पठाउने वा बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने निर्णय गर्नेछ।


रविको बयान सकिने दिन उनका समर्थकहरूले कास्की जिल्ला अदालत बाहिर प्रदर्शन गरेका थिए। रवि समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध पनि विरोध जनाए।

यसैबीच सहकारी पीडितहरूको समूहले अदालत बाहिर प्रदर्शनकारीहरूको व्यवहारप्रति असन्तोष व्यक्त गरेको छ। सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरणले भने, “हामीलाई यहाँ बस्न नदिइने तर उनीहरुबाट अदालतलाई प्रभाव पार्ने काम गर्ने भाम्दै दुखेसो ब्यक्त गरे ।”

पत्रकारहरूप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष किरणले भने, “पत्रकारहरूले हाम्रो कुरा काटेर मात्र लेख्छन्। यसले हामीलाई झन् पीडा पुर्‍याएको छ।”

सहकारी पीडित

यो भिडियो हेर्नुहोस :-

प्रतिकृया दिनुहोस