Friday, March 28News That Matters

पोखरामा ‘ब्याक टु नाइन्टिज’: सांगीतिक विरासत पुनर्जागरणको तयारी , सात व्याण्डको प्रस्तुति

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा सांगीतिक कलाकार संघ, नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना रहेको ‘गण्डकी प्रदेश नेपालले ‘ब्याक टु नाइन्टिज’ नामक विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यही शनिबार, साँझ पाँच बजेबाट राति दश बजेसम्म चल्ने आयोजकले बताएको छ । नयाबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने यस कार्यक्रममा पोखरेली सांगीतिक इतिहासका चर्चित सात व्याण्ड पुनर्मिलन गर्दै आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमको मूल उद्देश्य पोखराको सांगीतिक पहिचानलाई पुनर्जीवित गर्नु, नयाँ पुस्तालाई प्रेरित गर्नु, तथा गीत–संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार नब्बेको दशकमा पोखरा ‘ब्यान्ड संगीतको राजधानी’ रहेको थियो, तर समयक्रममा यो संस्कृति ओझेलमा पर्‍यो। अहिले यसलाई पुनः जागृत गर्ने बेला आएको बताएका छन् ।

सांगीतिक संघका सचिव भास्करध्वज श्रेष्ठका अनुसार, कार्यक्रमको मुख्य उधेश्य पोखराको सांगीतिक विरासतलाई पुनः जागृत गर्नु र पुराना तथा नयाँ पुस्ताबीचको संगीत सम्बन्धलाई मजबुत बनाउनु हो। यसका साथै, प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाशलाई अझ फराकिलो बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा ७ वटा लोकप्रिय व्याण्ड एउटै मञ्चबाट प्रस्तुत हुँदैछन्, जसले ९० को दशकका सुनौला दिनहरूलाई फेरि स्मरण गराउने छ|

कार्यक्रममा पोखराका सात चर्चित व्याण्डहरू–कन्दरा, डिमर्चा, लेकाली, मध्याह्न, ब्रोसिस, देउराली, र भगाव्याण्डले प्रस्तुति दिनेछन्। यी व्याण्डहरूले नब्बेको दशकमा लोकप्रिय बनेका आफ्ना सदाबहार हिट गीतहरू- “हामीले सुन्न सकिने”-संयोजक मन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।उक्तअवसरमा प्रस्तुत हुने प्रमुख गीतहरू कन्दरा – तिमी पारी, हङकङ पोखरा, लेककी है माया , डिमर्चा – झ्याम्म झ्याम्म, तारा खस्यौली, कैलाशैमा , लेकाली – यो मुटुमा, सपनीमा, पहिलो नजर , मध्याह्न– जिन्दगीको के भरोसा, मन मनै मन पराई सकेछु , ब्रोसिस – चाइना कम्पनी,जादू तिम्रो नजरले,देउराली– ढुंगेसाँधुको मेलामा, लुकीचोरी, सररर हावा ,भगाव्याण्ड – यो जिन्दगानी, उकाली चढी गीतहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष पोखराको सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु हो। पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजना हुने यस कार्यक्रममा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, सूचना तथा सञ्चार मन्त्रालय, तथा निजी क्षेत्रका प्रायोजकहरूको पनि सहयोग रहेको छ।

कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा कार्यक्रमका टाइटल स्पोन्सरका रूपमा रहेको पत्रकार सम्मेलनमा आयोजकहरूको जानकारी रहेको छ।

कार्यक्रमको तयारी तथा उद्देश्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विवेक श्रेष्ठ, श्यामसुङ तामाङ, कर्ण दास, ब्रोसिस व्याण्डका प्रकाश राना, हर्कराज गुरुङ ( भाई ) , र भास्कर ध्वज प्रधान, नबिन गुरुङले– पत्रकारहरूको जिज्ञासाको जवाफ दिएका थिए। उनीहरूले यो कार्यक्रमले पोखरालाई पुनः सांगीतिक सहरका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे

सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा भइरहेको आयोजकहरूले जनाएका छन्। करिब बीस हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको यस कार्यक्रमको अनुमानित खर्च बाइस लाख रुपैयाँ रहेको छ। संकलित रकममध्ये बचत गरिएको तिन लाख रुपैया पोखरेली कलाकारहरूको अक्षयकोषमा राखिने आयोजकहरूले जानकारी दिएका छन्।

‘ब्याक टु नाइन्टिज’ कार्यक्रममा सहभागी दर्शकहरूले आफ्नो युवावस्थाका दिनहरू स्मरण गर्ने अवसर पाउनेछन् भने नयाँ पुस्ताका लागि नेपाली सांगीतिक इतिहास बुझ्ने अवसर हुनेछ। संयोजक मनकुमार श्रेष्ठका अनुसार, “यस कार्यक्रमले पोखरालाई सांगीतिक सहरका रूपमा पुनःस्थापित गर्ने लक्ष्य लिएको छ।”पोखराका सांगीतिक प्रेमीहरूका लागि यो कार्यक्रम एउटा ऐतिहासिक पुनर्मिलन सावित हुने विश्वास गरिएको छ। यसपटक पनि सबैको साथ र सहयोग रहने आशा व्यक्त गर्दै आयोजकहरूले सम्पूर्ण संगीतप्रेमीलाई कार्यक्रममा उपस्थित हुन
आह्वान गरेका छन्।
यो भिडियो पनि हेर्नुहोश :-

प्रतिकृया दिनुहोस