

कुनैपनि राज्य सञ्चालनका लागि राजनितीको त्यतिनै आवस्यक हुन्छ जति एउटा शरिरमा रक्त सञ्चारको आवश्यक हुन्छ। नेपालमा हिजो दसकौ पहिले देखि दल हरुको उदय भयो र राजनीति शुरु भयो।यसले राज्य सञ्चालन गर्नका लागि लोकतान्त्रिक पद्दति अनुसार सत्तामा जाने प्रचलन जुन रह्यो ।
यसले देस र जनतालाइ केन्द्रमा राखेर जाने दल र नेताहरूको अभाव देखिन थाल्यो ।हिजो विपि पुष्पलाल मदन भण्डारी गणेशमान जस्ता नेताहरुले दिएको सन्देस र देखाएको बाटोमा नेपालका कुनैपनि दल र तिनका नेताहरुले उनलाई एकदिन स्मरण सभा गरेपनि उनले दिएका सबै कुराहरु बिसर्दै जान थाले ।
हुनता राजनिती भनेको साम, दाम, दण्ड, भेद यी सबै कुरालाइ अपनाउनु पर्छ भनिन्छ तर पनि राजनितीमा पनि एउटा नैतिक इमानदारीता हुन्छ।त्यसलाइ बिर्सन हुदैन भनिन्छ। तर हामी कहायि र यस्ता कुरा हिर्सने ता परैको कुरा हिजो जनताको बिचमा म आफुले के बोलेको थिए भन्ने कुरा समेत नेताहरुले बिर्सन थाले। बिर्सन मात्रै थालेनन् नेपालका दल र यी नेताहरुलु दुइ जिभ्रे राजनीति गर्न थाले। जसले गर्दा देसले जुन बाटो लिनु पर्ने थियो बाटो लिन सकेन।
पछि्ला केही बर्ष यता त राजनीति भनेकै लाजमर्दो भै सक्यो हिजो राजनीति भन्दा र राजनितज्ञ भनेपछि जनता यति पछि लाग्थ्ये नेतालाइ भेट्न भनेपछि यति लालयित हुन्थ्ये यसको कुनै सिमा थिएन। यता आएर हेर्दा भने नेताहरु यसो आए भने कार्यकर्ता र सुरक्षाको घेरा भित्रभित्रै बाट सुइकिएर आउने घुइकिएर जाने गर्न थाले किन भने जनता यति रुष्ट भएकि यति आक्रोसित हुँदै जान थाले कि नेताको नाम लिन पनि नहुने अवस्था देखिदै जान थाल्यो ।यहासम्म कि यसो सर्वसाधारण जनताले आफ्ना दुख पिडाका कुरा राख्न र भेट्न चाहे भनेपनि सुरक्षाको कारण देखाएर न त बोल्न दिइन्छ न त भेट्न नै दिइन्छ। यस्तो अवस्था छ ,यस्तो अवस्था आउनु भनेको नेपाली जनताका लागि मात्रै नभएर दल र नेताहरुका लागि नै दुर्भाग्य हो। त्यति मात्रै हैन पछिल्ला केही बर्ष यता नेता हरु यति अराजक वेथिती र विकृतिका बादसाह भए कि जे बोलेनि हुने ,जता बोलेनि हुने, जस्तो बोलेनि हुने ,जस्तो गर्न थाले। राजनीतिमा वहस हुन्छ विरोध हुन्छ फरकफरक मत हुन्छ तर राजनितीका नाममा गरिने राजनीतिमा गालि गलौज सत्तो सराप भन्ने कुनै पनि शब्द हुदैन।
























