पोखरा


पोखरा, कास्की– गण्डकी प्रदेशको राजधछ पोखरामा हालै एउटा धार्मिक अनुष्ठानको बिषय लाई लिएर स्थानिय सरकार तथा विभिन्न सरोकार निकाय बिच दोहोरी चलेको छ।
गायत्री कोटीहोम नामक विराट ज्ञान महायज्ञ २०८२ को आयोजनालाई लिएर विभिन्न पक्षहरु बिच आरोप-प्रत्यारोप चलिरहेका छन्।
आयोजक संस्थामाथि कानुनी, सामाजिक, र धार्मिक प्रश्नहरू उठाइएका छन्, भने विश्व हिन्दु महासंघ, नेपाल जिल्ला कार्यसमिति, कास्कीलगायतका धार्मिक संगठनहरूले यज्ञलाई रोक्ने प्रयासहरू प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल सरकारले पोखरालाई”पर्यटन राजधानी” घोषणा गरिसकेको छ। पोखराको पर्यटकीय महत्त्व केवल प्राकृतिक सौन्दर्यमा मात्र सीमित नरहेको, बरु यस क्षेत्रको धार्मिक इतिहासले पनि यसलाई विशिष्ट बनाएको धार्मिक नेताहरूको भनाइ छ।
विश्व हिन्दु महासंघ, कास्की का अध्यक्ष जगन्नाथ कोइराला
“पोखराको धार्मिक धरोहरको संरक्षण, संवर्द्धन, र प्रचारप्रसार बिना पर्यटन राजधानीको घोषणा केवल नारामा मात्र सीमित रहेको वताएका छन्।
उनका अनुसार, गायत्री कोटीहोम जस्ता धार्मिक अनुष्ठानहरू पोखरालाई “मुक्तिक्षेत्र” को रूपमा स्थापित गर्ने महत्त्वपूर्ण आधार बन्न सक्छन्।
महायज्ञ आयोजनालाई लिएर स्थानीय प्रशासन तथा केही समूहले अवरोध सिर्जना गरेको आयोजकहरूको भनाइ रहेको छ।
यज्ञ आयोजक संस्था “मानव सेवा फाउन्डेसन” ले धार्मिक अनुष्ठानलाई सहज बनाउन सरकारको सहयोग आवश्यक रहेको बताएको छ।
यस्ता वृहत अनुष्ठान राज्यद्वारा नै आयोजन गरी सहयोग गर्नु पर्ने ठाउमा उल्टै, निजी प्रयासमा हुन लागेको यज्ञलाई समेत अवरोध गर्नु अन्यायपूर्ण रहेको महासँघको भनाइ छ।
तर, केही स्थानीय र अन्य पक्षहरूले भने यज्ञसँग सम्बन्धित कतिपय कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
महायज्ञको आयोजना हुने क्रममा पोखरामा केही वर-पिपलका रुखहरू काटिएको विषय पनि चर्चामा रहेको छ। विश्व हिन्दु महासंघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाही गर्न माग गरेको छ। संगठनका अनुसार,
“वर-पिपल चौतारो नष्ट गर्नु अपराध जन्य कार्य भएको वताएको छ।
आयोजकहरूले यज्ञका लागि समिधा (हवन सामग्री) ल्याएको भने देखिन्छ, तर रुख कटान वडाको सिफारिसमा भएको हुनाले यसलाई एकपक्षीय रूपमा हेर्नु उचित नभएको आयोजकको भनाइ छ।
सोही रुख कटान घटनालाई लिएर स्थानीय प्रशासन र सरोकारवालाहरूबीच थप छानबिन हुनुपर्ने सर्वत्र आवाज उठेको छ।
बाघ कराउने बाख्रा हराउने सँयोग मात्र मिलेको तर्फ सङ्केत गर्दै अध्यक्ष कोइरालाले हचुवाका भरमा पुर्वाग्राहि भएर आरोप लगाउनु भन्दा पनि सत्य तथ्य छानविन गरि दोषिलाइ कानुनी दायरामा ल्याइ न्यायको कठघरामा उभ्याइनु पर्वे वताए।
धार्मिक अनुष्ठानलाई सहज रूपमा सञ्चालन गराउने पक्षमा महासंघ स्पष्ट रहेको वताउदै आफुहरू कानुनी मर्यादा भित्र रही पञ्चाङ्ग निर्णायक समितिले तोकेको तिथिमितिमा यज्ञ सम्पन्न भएमा पूर्ण समर्थन गर्ने तर अशास्त्रीय रूपमा यज्ञ सञ्चालन भएमा साथ नदिने वताएको छ।
एकातिर गायत्री कोटीहोम महायज्ञले धार्मिक, सामाजिक, तथा कानुनी बहस जन्माएको छ भने
अर्को तर्फ आयोजक पक्ष भने,आयोजित महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने अभियान भएको बताउँदै आएको छ।
केही स्थानीय तथा सामाजिक समूहहरूले रुख कटान तथा प्रक्रियागत विषयमा कानुनी प्रश्न उठाएका छन्।
विश्व हिन्दु महासंघ जस्ता धार्मिक संगठनहरूले यज्ञ रोक्न नहुने तर शास्त्रीय मर्यादा भित्र रहनुपर्ने अडान लिएका छन्
यसैबिच एकातिर आयोजक पक्षले स्थानिय सरकार महानगर पालिका लगायत निकायसग अनुमति लिएर मात्र कोटिहोम सुरु गर्न लागेको वताउदै आफुहरुले सोझै कुनैपनि रुख नकाटेको जनाएको छ।
भने महानगर पालिका प्रमुख मेयर धनराज आचार्य भने महानगर पालिकाले कुनै अनुमती नै नदिएको दावि गर्दै चार चार महिना सम्म हुने कोटिहोम सञ्चालन गर्न नदिने उर्दि जारि गरि रहेका छन्।
स्थानिय सर्वसाधारण जनता यसबारे महानगर पालिकाले समेत केही महिना पहिले देखि नै कतै काटछाट गर्ने त कतै विकास निर्माणका नाममा कतिपय वरपिपल काटेको वताइ रहेका छन्।
यस विषयमा स्थानीय प्रशासन, कानुनी निकाय, तथा सामाजिक सरोकारवालाहरूबीच सहमति बन्नेछ कि अझ विवाद चुलिनेछ?
यो भने हेर्न बाँकी छ।
यो भिडीयो पनी हेर्नुहोश :-