Friday, March 28News That Matters

जेष्ठ नागरिक सरोकार समाज बाट पत्रकार बिमला भण्डारी सम्मानित

यो समाचार शेयर गर्नुहोस्

पोरा

PRAGITA

पोखरा /शुक्रबार /ज्येष्ठ नागरिक सरोकार समाज, नेपालको बाह्रौ वार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । सरोकार समाजको बाह्रौ वार्षिक साधारणसभा तथा जेष्ठ नागरिक आवाज अंक ११ प्रमुख अतिथि तथा सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी द्वारा विमोचन गरिएको ,सोही साधरण सभा तथा बिमोचन कार्यक्रमको अवसरमा सञ्चार क्षेत्रबाट पत्रकारिता सुरु गर्नुभएका गण्डकी प्रदेशका पहिलो महिला रजिष्टार विमला भण्डारीलाई ज्येष्ठ नागरिक स्थापन दिवस २०८१ बाट सम्मान गरिएको छ ।


विगत २४ बर्ष देखि पत्रकारिता क्षेत्रमा रहेर भण्डारी पत्रकार महासंघ कास्कि निवर्तमान अध्यक्ष हुनुहुन्छ र उहाँ हालै मात्र गण्डकी प्रदेशको प्रेस रजिस्टार नियुक्ति हुनुभएको हो ।
समाजमा आफनो अधिकार स्थापित गर्नका लागि पत्रकारिताका माध्यमबाट पछाडि पारिएका हरुको अवाज उजागर गर्दै उल्लेखनिय योगदान पुर्याउदै आउनु भएकोमा भण्डारीलाई नगद राशि सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै सम्मानित भण्डारीले ज्येष्ठ नागरिकहरुको माझमा सम्मानित हुन पाउदा आफुलाई गौरबको अनुभव भएको बताउदै ज्येष्ठ नागरिहरुको आवाजका निम्ती आफ्नो क्षेत्रबाट हर दम सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । कार्यक्रमा समाजमा उत्कृष्ठ योगदान पुर्याएका जेष्ठ नागरिकहरु,लाइ समेत सम्मान गरिएको छ ।


सामाजिक बिकास महाशाखा प्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा महानगर पालिका ६ का अध्यक्ष विष्णु बहादुर भटराई , गणेश बहादुर श्रेष्ठ, कुशुम केशव पराजुली , गिरीधारी सुवेदी, शिव बहादुर कार्की , पिताम्बर नेपाली, विष्णु प्रसाद भण्डारी ,हेरम्ब प्रसाद कोइराला , नारायण प्रसाद सुबेदी र दुर्गा प्रसाद कोइराला लगायतको उपस्थिीति रहेको थियो । कार्यक्रम ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो भिडीयो पनि हेर्नुहोश :-

प्रतिकृया दिनुहोस