Tuesday, February 10News That Matters

फागुन ३ गतेपोखरा भ्रमण बर्ष २०२५ औपचारिक घोषणा हुने

यो समाचार शेयर गर्नुहोस्

पोरा

पर्यटकिय राजधानी पोखरामा विभिन्न निकाय सँघ सँस्था को सहयोग र सहकार्यमा पोखरा भ्रमण बर्ष २०२५ अौपचारिक घोषणा समारोह फागुनमा पहिलो साता हुने भएको छ।

PRAGITA


शुक्रबार पोखराको सभागृहमा आयोजित मुल समारोहको पहिलो वैठक तथा छलफल कार्यक्रममा अगामी ३ फागुनमा विधिवत रुपमा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले वताए ।


पोखरा भ्रमण वर्ष सफल पार्न आयोजित मुल समारोह बैठकलाई सम्बोधन गर्दै प्रमुख आचार्यले आगामी ३ फागुन विहान ११ बजे नेपाल सरकारका उच्च पदस्त ब्यक्तित्ब साथै विभिन्न निय‍ोगका कुटनितिज्ञ राजदुत साथै विभिन्न सँघ सँस्था तथा निकाय प्रमुख हरुको उपस्थितीमा पोखरा भ्रमण वर्षको शुभारम्भ गरिने बताए

भ्रमण वर्ष सफल बनाउनका लागि आफ्नै नेतृत्वमा एक हजार पचास सदस्यीय मुल समारोह समिति निर्माण गरिएको आचार्यले वताए।
आफ्नो नेतृत्वमा निर्देशक समिति र पर्यटन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी कार्यसम्पादन समिती सहित ४३ कटा उपसमिति गठन गरिएको तथा सबै सुरक्षा निकाय उध्योग व्यपार सँघ क्रियाशिल सरकारि तथा गैर सरकारि निकाय विभिन्न क्षेत्रमा रहेका जिम्मेवार ब्यक्तित्व अधिकारकर्मि नागरिक समाज पत्रकार लगायतको प्रतिनिधित्व रहनेगरि विभिन्न उपसमिति तयारि गरिएको प्रमुख आचार्यले जानकारी दिए ।
त्यसै गरी मुल समारोह समितिमा महानगर भित्रका राजनीतिक दलका प्रमुख र वडा अध्यक्षहरु, सल्लाहकार समितिमा पोखरा महानगर परिषद, कास्कीका चार वटै सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधीहरु छन ।

पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले पोखरालाई प्रतिनिधित्व हुने गरी कोशेली घरको निर्माणको तयारी समेत भइरहेको उनले जानकारी गराए। भ्रमण बर्षको अवसरमा बिदेस स्थित रहेका हरुलाई पोखराको प्रवर्द्धन गर्नेगरि सद्भावना दुत घोषणा गर्ने तयारी रहेको वताउदै,पर्यटन प्रवर्द्धनका लागि प्रवर्धनात्मक गतिविधि सञ्चालन गर्ने महानगर पालिका र गण्डकी प्रदेस सरकारको सयुक्त पहलमा ३३ वटै वडा बाट स्थानिय भेषभुषा वृहत् झाकि र्यालि
प्रदर्सन गरिने प्रमुख आचार्यले वताए।
पर्यटन क्षेत्रका उद्योगहरुले समेत विभिन्न प्याकेजको तयारी गरिरहेको उनको भनाइ थियो ।
भ्रमण बर्षलाइ सफल पार्न कुनै कसर बाकि नराखिने वताउदै, हवाई र बस सञ्चालक कम्पनीहरुसंग समेत सहकार्य गरी प्याकेजको ब्यवस्था मिलाउने प्रमुख आचार्यले बताएका छन्।

यो भिडीयो पनी हेर्नुहोश :-

प्रतिकृया दिनुहोस