
पोखरा
एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिवलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादकै क्रममा पोखराका महानगर पालिका प्रमुख मेयर धनराज आचार्यले पोखरामा एक बर्ष भित्रमै जलन युनिट वा अस्पताल बनाउने प्रतिवद्दता सहितको घोषणा गर्नु भएको छ।
सोहिक्रममा पोखरा आफैमा अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले पनि आवस्यक रहेको वताउनु भयो।
‘पोखरामा अब एक वर्षभित्रै सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा आफुले डाक्टर सा’बलाई समेत भनेको वहाले वताउनु भयो ।
सोहि क्रममा ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ भन्दै । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यस्ता अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधा सम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने मान्यता सहितको प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो ।
फागुन ३ मा पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएपछि पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न स्रोत साधन युक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताउनु भयो ।
कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुनुपर्ने तर्फ जोड दिदै पोखरामा पनि आवस्यक रहेको प्रमुख आचार्यले वताउनु भयो ।
जलनसम्बन्धी सचेतना र प्राथमिक उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताउनु भयो । जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने प्रतिबद्धता समेत वहाले जनाउनु भयो ।
नेपालमा यस्ता घटना ७०% घरभित्रै हुने गरेको , कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले वताउनु भयो ।यदि देशभर ९० वटा यस्ता केन्द्र भएमा घटना भएको दुई घण्टा अवधिमै जलनको प्राथमिक उपचार गर्न सकिने बताउनु भयो ।
जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिने भए पनि देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिने र त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिने र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिने जानकारी गराउदै डा नकर्मिले कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको वहाले जानकारी गराउनु भयो ।
घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका उपाय । आगो लागेपछि आत्तिएर भाग्न नहुने,भुइँमा लड्नुपर्ने, लडीबुडी गर्नुपर्ने ,जिउमा भएको लुगा र गहना खोल्नुपर्ने वहालेवतनउनु भयो तातोपना घुम्सिएर घाउ गहिरो हुने हुदा, पोलेको ठाउँमा पानी खन्याउनु पर्ने जसले गर्दा घाउ गहिरो हुन नपाउने वताउदै हामिकहा त्यस्तो उपाय नगरिएको वहाले वतनउनु भयो ।
जलनविरुद्धका अभियन्ता उज्वलविक्रम थापा वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा व्याख्या गर्दै दुर्घटना जुनसुकै समय हुनसक्ने भन्दै थापाले सबैले पहिल्यै सचेत हुन वहाले आग्रह गर्नु भयो ।
जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको दुखाइ समान हुने र सानो गल्तीले पनि जलनको शिकार हुनु पर्ने हुदा मलाई हुँदैन भन्ने सोच नराख्न र कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटनाको रुपमा हेर्ने र भन्ने गरिएको थापाले वताउनु भयो ।
सोहिक्रममा आगोसँग नजिक हुने कुनै पनि श्रमिकको बीमा गरिदिन वहाले व्यवसायीलाई आग्रह गर्दै ,पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्न समेत अभियन्ता थापाले सबैमा आग्रह गर्नु भयो ।
