Wednesday, April 30News That Matters

पोखरा जिरो किमि हल्लन चोक सडकखण्ड बुलौदि ओरालोमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ।

यो समाचार शेयर गर्नुहोस्


चैत्र ३१ गते आइतबार बिहान करिब ४.४५ बजेको समयमा जिरो तर्फ बाट हल्लनचोक तर्फ जादै गरेको ग१३ प ५९५८ नम्बरको एनएस मोटरसाइकल बुलौदि ओरालोमा अनियन्त्रित भइ डिभाइडरमा ठक्कर खादा लम्जुङ घर भइ हाल पोखरा ६ लेकसाइड बस्दै आएका बर्ष २९ का मोटरसाइकल पछाडि सवार बुद्दि गुरुङको निधन भएको छ भने


पोखरा ६ लेकसाइड बस्दै आएका मोटरसाइकल चालक पर्वत महाशिला गापा ४ का बर्ष २३ का बल वहादुर गुरुङ समेत गम्भीर घाइते भएका छन्।
कास्की ट्राफिक प्रका अनुसार गम्भीर घाइते भएका गुरुङको छातिमा पेटमा दायाँ बायाँ दुबै हात गोडामा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको कास्की ट्राफिक प्रहरीले वताएको छ।


कास्की ट्राफिक प्रहरिका अनुसार उनलाई तत्कालै उपचारका लागि जिएमसि हस्पिटल लगिएको भएपनि डाक्टरले मृत घोषणा गरेको छ।
मोटरसाइकल चालक बल वहादुर गुरुङको चिउडोमा दाया हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ।

यसो त पोखरामा पछिल्ला केही बर्ष यता सडक डिभाइडरमा ठक्कर खाइ सवारी दुर्घटना भइ निधन हुने हरु को सख्यामा बढोत्तरि हुँदै गएको छ।

प्रतिकृया दिनुहोस