
पोखरा–८ सृजनाचोक–फिर्के सडकखण्ड भासिएको छ। पोखराको पृथ्वी राजमार्ग सञ्चालक कम्पनी पूर्व सृजनाचोकतर्फबाट फिर्केतर्फ जाने सडकको दायाँ साइडमा भासिएको हो।

पछिल्ला केही महिनाअघि पनि यसैगरी जिरो किलोमिटर चोक सडकमा दुई–दुई स्थानमा भुँइ भासिएपछि ठूला सवारीका चक्का परेपछि थप भासिएको थियो। तत्कालीन अवस्थामा वडा नम्बर ५ का जनप्रतिनिधिबाट सो भासिएको सडक पुरिने काम गरिएको थियो।

यसो त पोखरामा भूमिगत विद्युत विस्तारका लागि र खानेपानी पाइप विस्तारका लागि सडक खन्ने काम भएपछि यसरी सडक भासिने क्रम बढेको हो। कतिपय ठाउँमा कालोपत्रे गरिए पनि थप दबाबका कारण सडक जोखिमयुक्त बनेको छ भने अझै कतिपय सडक अलपत्र अवस्थामै रहेका छन्।)
प्रतिकृया दिनुहोस