
बैशाख १ गते।सोमबार । पोखरा महानगर पालिका वडा नम्बर ८ श्री राम टोल विकास सँस्था द्वारा प्रकासित नया बर्ष २०८२ भित्ते पात्रो विमोचन तथा नया बर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रम वडा नम्बर ८ अध्यक्ष प्रमुख अतिथि रुद्र वरालको आतिथ्यतामा १ गते सोमवार पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ।
आयोजित विमोचन कार्यक्रमको व्यानरमा हस्ताक्षर गरि उद्घाटन गर्दै प्रमुख अतिथि वरालले नया बर्षको शुभकामना दिदै सँस्थाले यसरी क्यालेन्डर प्रकासन साथै शुभकामना आदानप्रदान कार्यक्रम समेतको आयोजना गरेकोमा खुसि व्यक्त गर्दै सँस्थाले नया बर्षकै अवसर पारेर भाइचारा आपसि सद्भाव लाई थप प्रगाढ बनाउने गरि कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सँस्थाले गरेका हरेक कार्यमा आफ्नो सहयोग रहने प्रतिवद्दता जनाएका थिए।

सोही अवसरमा वडा नम्बर ८ सदस्य गोबिन्द वराल ,पोखरा विश्व विध्यालयका डिन दयाराम ढकाल ,जनपृय माध्यामिक विध्यालयका प्रधान्याध्यापक देवि प्रसाद बस्ताकोटि ,वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर,श्रीराम आधारभुत विध्यालय तिर्थराज न्यौपाने,सल्लाहकार सन्तु माया गिरि ,प्रेमराज गिरि,मणिलाल चालिसे, नागवेलि टोल विकास सस्था अध्यक्ष शारदा गिरि, पशुपति क्षेत्र महिला विकास सस्था बाट पदमा वराल लगायतले सँस्थाले गरेका असल कार्यको प्रशंसा गर्दै आागामि दिनमा सस्थाको उत्तरोतर प्रगतिको कामना सहित उपस्थित सबैमा नया बर्ष २०८२ को शुभकामना दिएका थिए।कार्यक्रममा विभिन्न टोल विकास सँस्थाका प्रतिनिधि समेतको उपस्थित रहेको थियो ।

सँस्थाका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको आयोजित क्यालेन्डर विमोचन तथा नया बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सँस्थाका सचिव ठाकुर प्रसाद सापकोटाले सञ्चालन गरेका थिए भने शुभकामना सहित स्वागत मन्तब्य सँस्थाका उपाध्यक्ष तारानाथ शर्माले राखेका थिए।
