Sunday, May 18News That Matters

एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा नया बर्ष शुभकामना आदानप्रदान तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

चैत्र ३ बुधबार। एवन ग्रेटर नेपाल यातायात प्रालि द्वारा आयोजित नयाँ वर्ष २०८२ शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन साथै ट्राफिक सँचेतना मुलक कार्यक्रम बुधबार ३ गते सम्पन्न भएको छ।
आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेले दिप प्रज्ज्वलन सहित कार्यक्रमको उदघाटन गर्दै ट्राफिक प्रहरी नागरिक सुरक्षाकै लागि सडकमा खटिने निकाय रहेको उल्लेख गर्दै , नेपाल सरकारको आदेस पालक भएको वताउदै ट्राफिक प्रहरी ऐन कानुन ट्राफिक पालना गराउने निकाय रहेको वताउनु भयो ।


सोही क्रममा स्वरोजगार यातायात व्यवशायि हरुलाइ आफुले सडकमा ट्राफिक नियम उलङ्घन गर्ने जो कोहिलाइ पनि नछाड्ने वताउदै कसै प्रति पनि पुर्वाग्रह नराखि न्याय दिने प्रतिवद्दता जनाउनु भयो ।
यदि मापसे चेक जाचको क्रममा व्रेथ लाइजरले मापसे देखाउछ भने थोरै पिएको भन्दैमा उम्कन नपाउने हुदा मापसे नगर्न आग्रह गर्नु भयो।

यदि मातहत कुनै पनि ट्राफिक प्रहरी बाट ज्यादति भएको अवस्थामा वा कहि कतै कुनै समस्या परेमा आफ्नो सहयोग रहने जनाउदै कार्यालको मोबाइल नम्बरमा सिधा सम्पर्क गर्न समेत प्रमुख अतिथि प्रनि पाण्डेयले अनुरोध गर्नु भयो।

ट्राफिक प्रहरी कार्यालय कास्की का प्रनानि प्रविण भट्टराईले प्रशिक्षणकै क्रममा यातायात व्यवशायि लाई दुर्घटना बाट कसरी बाच्न र बचाउन सकिन्छ, दुर्घटना हुनै नदिन के गर्नु पर्छ भन्ने बारे प्रशिक्षण दिदै कुनै पनि सवारी दुर्घटना हुनाको कारण यान्त्रिक ,सडक ,मौसम अन्य भएता पनि सवारी दुर्घटना हुनुको मुख्य कारण ट्राफिक नियम उलङघन गर्नु लापरवाहि साथ सवारी चलाउनु रहेको वताउनु भयो।

सोही अवसरमा कम्पनी प्रालि द्वारा प्रकासित नया बर्ष २०८२ क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथि पाण्डेयले उपस्थित सबैलाई नया बर्ष २०८२ को शुभकामना दिनु भएको थियोे ।

आयोजित नया बर्षको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन गण्डकी प्रदेस अध्यक्ष बिष्णु खत्रि ,अखिल नेपाल यातायात मजदुर सँघ गण्डकी प्रदेश अध्यक्ष सुर्यभक्त पौडेल एकीकृत यातायात मजदुर सँगठन नेपाल अध्यक्ष हरिराम धिताल लगायतले नयाबर्ष को शुभकामना दिनु भएको थियो भने ,पत्रकार साथै विभिन्न सँघ सँगठन निकाय अध्यक्ष तथा प्रतिनिधि
विज्ञापनदाता व्यवसायी , स्वराेजगार चालक कार्यसमिति पदाधिकारी तथा सदस्य लगायत यातायात मजदुर प्रालि कर्मचारी समेतको उपस्थिति रहेको थियो
कम्पनी प्रालिका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको आाय‍ोजित कार्यक्रम सञ्चालन सचिव गोकर्ण केसिले सञ्चालन गर्नु भएको थियोे भने, उपस्थित सबैमा स्वागत मन्तब्य सहित उपाध्यक्ष देविराम पाण्डेले नया बर्षको शुभकामना दिनु भएको थियोे।

प्रतिकृया दिनुहोस