Sunday, May 18News That Matters

गृहमन्त्री लेखक द्वारा आपतकालीन गोदाम घर हस्तान्तरण

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको प्रादेशिक आपत् कालीन गोदाम घर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गण्डकी प्रदेश सरकारलाई ५ गते शुक्रबार हस्तान्तरण गरिएको हो ।

शुक्रबार विहान आयोजित कार्यक्रममा पोखराको विमानस्थलमा निर्मित आपत्कालिन गोदाम घर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गर्नु भएको छ। हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै गृहमन्त्री लेखकले भौतिक तथा प्राकृतिक आपत विपद् परेको बेला तत्काल आवस्यकता अनुसार सुरक्षा तथा राहत सामग्री आपूर्ति गर्नका लागि निर्माण गरिएको गोदामघर प्रभावमारि हुने वताउनु भयो ।
आफुले जुन प्रयोजनका लागि जुन उदेश्यका साथ बनाइएको हो त्यहि प्रयोजन हुनेछ भन्नेमा विस्वस्त रहेको वताउनु भयो ।

करिब १ हजार ५ सय वर्गमिटरमा निर्मित आपत्तकालिन गोदामघर भौतिक प्राकृतिक विपद् तथा त्यसबाट मानव जीवन र सम्पत्तिमा हुने क्षति न्युनिकरण र सँरक्षणका लागि निर्माण गरिएको हो।

यूरोपेली युनियनको सहयोगमा आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न प्रादेशिक आपत्कालिन गोदाम घरमा ७०० मेट्रिक टन भण्डारण क्षमता रहेको जनाइएको छ । गोदाम घरमा ४ वटा प्रिक्याब भवन रहेका छन् भने, ७ हजार ५०० लिटर इन्धन भण्डार गर्ने ब्लाडर समेत उपलब्ध रहेको वताइएक‍ो छ।

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिले अत्यन्तै जोखिमपूर्ण रहेको जनाउदै,यो कार्यले जोखिम न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रदेशको राहत वितरण प्रणालीमा एकद्वार प्रणालीबाट गर्न सहयोग पुग्नेपनि वहाले वताउनु भयो । 
यसो त पोखरा आफैमा गण्डकी प्रदेशको राजधानी मात्रै नभएर पर्यटकिय राजधानीको रुपमा परिचित शहर हो। जसले गर्दा यस्तो प्राकृतिक तथा भौतिक रुपले आपत विपतको बेला उद्दारका लागि यस्तो जोखिम न्युनिकरणका लागि बनेको यो भवन र व्यवस्थापनले पोखरा घुम्न आउने पर्यटकका लागि पनि सहासि खेल दौड तथा घुम्नका लागि समेत सुरक्षित महशुस हुन सक्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस