
पोखरा ।गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको वताउनु भएको छ।
शनिबार प्रेस युनियन कास्की द्वारा आयोजित पत्ररकार भेटघाट कार्यक्रममा वहाले सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको बताउदै हल्लाका पछि नलाग्न आग्रह गर्नु भएको छ ।
गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको वताउदै ,बिपक्षि बाट सरकार ढल्छ ढल्छ भन्ने निराधार हल्ला फैलाउन खोजियो हामिले सरकार ढल्दैन ढल्दैन भन्यौ वहाले भन्नू भयो ।
सरकार परिवर्तन हुन्छ भन्दै फैलाइएको हल्लामा कुनै सत्यता नभएको वताउदै काम गर्दै जाँदा केही विषयमा विवाद र समस्या आए पनि छलफल बाट सहमतिमा गएर मात्रै सरकार अगाडि बढेको वताउनु भयो।
छलफल र सहमति बिना कुनैपनि निर्णय नगरेको जनाउदै, गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई कुनैपनि अप्ठ्यारो नपार्ने वताउनु भयो।
पछिल्लो समय संविधान विरोधी गतिविधि देखा परेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको तर्फ सङ्केत गर्दै
लोकतन्त्रको कुनै पनि विकल्प नरहेको जिक्र गर्दै जनताले निरङ्कुशता रोज्ने सम्भावना नरहेको दावि गर्नु भयो ।
नेपाली जनताले गणतन्त्रको विकल्पमा राजा नरोज्ने वताउदै यदि यो संविधान पनि असफल भए मुलुकमा अस्थिरताको शृङ्खला सुरु हुने बताउनु भयो ।
७० वर्षमा ७ वटा संविधान फेरेको उल्लेख गर्दै
बाटा बनाउने, पुल पुलेसा उद्योग, स्कुल, क्याम्पस बनाउनु विकास हुनु राम्रो भएको तर धेरै संविधान बदल्नु पर्ने अवस्था आउनु भनेको अस्थिरताको सङ्केत भएको जनाउदै।
राजतन्त्रको हिजोको अवस्था बारे भोगेको दमन र अवस्था बारे पछिल्लो युवा पिढिलाइ बुझाउन नसकेको स्विकार गर्दै यदि अब पनि यो सबै मिलेर सबैको सहमति र एकतामा बनाएको लोकतान्त्रिक संविधान असफल भयो भने अस्थिरताको शृङ्खला सुरुवात हुन सक्ने वताउदै भावी पुस्तालाई समेत अन्याय हुने वहाले वताउनु भयो
संविधान संशोधनका लागि समिति बनाउने तयारी भइरहेको र सदस्यको सङ्ख्या पनि टुङ्गिएको गृहमन्त्री लेखकले जानकारी गराउनु भयो ।
विधान संशोधनका लागि सबैको सहमति चाहिने हुदा सबैको सहमति विना सँसोधन हुन नसक्ने गृहमन्त्री लेखकले वताउनु भयो । आमाको नाम बाट नागरिकता पाउने ऐन कानुन बनाउने तर्फ आफू सक्रिय भएर लागेको उल्लेख गर्दै देसै भर यो समस्या रहेकोमा छिटोभन्दा छिटो बाबू वेपत्ता भएको बाबुको नाम बाट नागरिकता लिन बञ्चित भएर आमाको नाम बाट नागरिकता लिन नपाएका हरुका बिषयमा आफू गम्भीर भएको र अब छिटै सहज ढङ्गले नागरिकता उपलब्ध हुने बताउनु भयो ।
सुरक्षामा थप जनशक्ति बारे गरिएको प्रसङ्गमा २०१२ नेपाल प्रहरी ऐन अनुसार अझै पनि चल्नु परेको जनाउदै अझैपनि परिवर्तित कानुनि आधार नभएको समेत उल्लेख गर्नु भयो सुरक्षा सख्या तथा जनशक्ति सँरचना समेत बढाउन नसक्ने अवस्था रहेको समेत वताउनु भयो।
आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षक आन्दोलनका बारेमा भने केही माग महत्त्वपूर्ण रहेको वताउदै पूर्वसहमति अनुसार ऐन बनाउन सरकार तयार रहेको समेत वहाले उल्लेख गर्नु भयो ।